यौनदुराचार आरोपी बने अमेरिकाको सर्वोच्च अदालतका न्यायाधीश

यौनदुराचार आरोपी बने अमेरिकाको सर्वोच्च अदालतका न्यायाधीश

वासिङटन : अमेरिकाको सर्वोच्च अदालतका न्यायाधीशका रूपमा ब्रेट क्याभानाले शपथ लिएका छन्। यौन उत्पीडनको आरोप लागेपछि क्याभानाको नियुक्तिमा विवाद खडा भएको थियो। उनीमाथि तीनजना महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए।

उनले यो आरोपको खण्डन गर्दै आएका थिए। सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानामाथि लागेका आरोपबारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई)लाई जिम्मा दिइएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने निरन्तर उनको समर्थन गरेका थिए। अमेरिकी सिनेटमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो।

उनलाई मुख्य न्यायाधीश जोन रबर्ट्सले शपथ गराएका थिए। सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ भइरहँदा बाहिर क्याभानाको विपक्षमा रहेका व्यक्तिहरूले नाराबाजी गरेका थिए। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

तीन महिलाले हाइस्कुल र येल विश्वविद्यालयमा पढ्ने बेला यौन शोषण गरेको आरोप लगाएका थिए। न्यायाधीश क्याभानाले आफूमाथि स्कुले जीवनमा यौनशोषण गरेको भन्दै प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले संसद्को न्यायिक समितिमा स्वयं उपस्थित भएर बयान दिएकी थिइन्।

क्रिस्टिनले करिब ३६ वर्षअघि हाइस्कुलमा पार्टीका बेला क्याभानाले आफूलाई कोठामा थुनेको र आफ्ना लुगा फुकालेको आरोप लगाएकी थिइन्। आफूमाथि झन्डै बलात्कार नै भएको उनको दाबी थियो। त्यसको असर जीवनभर परेको र शुरुका वर्षहरूमा पढाइ बिग्रिएको पनि उनको भनाइ थियो।

३५ वर्षसम्म यो घटना किन सार्वजनिक नगरिएको भनी उनलाई संसदीय समितिले प्रश्न गरेको थियो। सचेत नागरिकको कर्तव्य निर्वाह गर्न आफूले यतिखेर उक्त घटना सार्वजनिक गर्नुपरेको भन्दै क्रिस्टिनले जवाफ दिएकी थिइन्।

क्याभानाले उक्त आरोप असत्य रहेको र त्यो आफ्नो चरित्र हत्या गर्ने कुत्सित मनसायबाट प्रेरित रहेको बताउँदै आएका थिए। उनले स्कुल र कलेजका बेला आध्यात्मिक व्यक्ति भएको बताउँदै आजीवन महिलाप्रति सम्मान गर्ने व्यक्ति भएको दाबी गरे। उनले भने, ‘३५ वर्ष यस्तो घटना भएकै थिएन। यो बदनियतपूर्वक आरोप लगाइएको स्पष्ट छ।’

न्यायाधीश क्याभानाको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गरेका थिए। उनले क्याभाना एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आएका थिए। राष्ट्रपति ट्रम्पले क्याभानाको अनुमोदनलगत्तै चुनावी सभामा सम्बोधन गर्दैै ‘यो अमेरिकी जनताको जित भएको’ बताए।

अनुदारवादी भनेर चिनिएका क्याभानाको नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको बहुमत पुगेको छ। अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरू आजीवन उक्त पदमा रहन पाउँछन्। न्यायाधीश क्याभानाको पक्षमा भएको यो मतदानले आगामी नोभेम्बरमा हुने अमेरिकी सिनेटको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई थप मद्दत पुग्ने अपेक्षा समेत गरिएको छ। 

केन्टुकी राज्यबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर मिच म्याककोनेलले यो विजयले रिपब्लिकनको मत बढेको दाबी गरे। डेमोक्रेटिक पार्टीका नेता चुक शुमरले न्युयोर्कमा भने, ‘जनताले परिवर्तन चाहेका छन् र त्यो मतदानका दिन देखिनेछ।’ घटनालाई नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसँग जोडिएको र यसलाई ट्रम्पको जितका रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.