खिन्न मन लिएर फर्किए सुस्तावासी

खिन्न मन लिएर फर्किए सुस्तावासी

काठमाडौं  : हिँड्ने बाटो भारतीय पक्षले बन्द गरिदिएपछि सरकारको शरणमा आएका सुस्तावासी निरासा लिएर दुईसातापछि घर फर्किएका छन् । २५ महिलासहित ६० जना सुस्तावासीले दुई साता कालमोचन घाटको चिसो भूइँमा बिताए । असोज ९ गते आएका उनीहरूले १४ दिनसम्म काठमाडौं बस्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट पाएनन् ।

‘विदेशमा १५÷२० दिन बस्न सक्ने तर हामी सीमाका लागि लडिरहका जनताका कुरा सुन्न नसक्ने कस्तो प्रधानमन्त्री ? ’, सुस्तावासीले भने, ‘दुई सातादेखि बसिरहेका छौं, हामीजस्तो दुःख परेका जनतालाई यहीं आएर भेट्नु पर्ने होइन ? , भेट्न खोज्दा पनि नपाउने ? ’ प्रधानमन्त्री विमानस्थलमा उत्रेदेखि नै भेट्न विभिन्न तरिकाबाट प्रयास गरे पनि सम्भव नभएको उनीहरूको गुनासो छ । ‘राष्ट्रवादी प्रधानमन्त्री भएर अब हाम्रो समस्याको सम्बोधन होला भनेका थियौं तर समस्या समाधानको कुरा परै जाओस् भेटन पनि दिएनन’, सुस्ता बचाउ अभियानका अध्यक्ष गोपालप्रसाद गुरुङले भने, ‘भेट्न पाएको भए आफ्ना व्यथा र पीडा राख्ने पाइन्छ की भन्ने थियो ।’

घर घरबाट चन्दा उठाएर आएको बताउने लैला वेगमले सुस्तावासीलाई नागरिकताबाट पनि वञ्चित गरिएको गुनासो गरिन् । ‘भारतका मान्छे पैसा खुवाएर नागरिकता बनाउँछन् तर हामीले भने नागरिकता बनाउन सक्दैनौं’, उनले दुखेसो पोखिन् । सुस्ताका तीन हजार एक सय ३३ जनसंख्यामध्ये दुई सय ९५ ले मात्रै नागरिकता पाएका छन् ।

अभियानका उपाध्यक्ष आदम खाँले चिसो बढ्दै जाँदा बिरामी पर्न थालेपछि फर्किनु विकल्प नभएको बताए । ‘चाडपर्वले च्यापेको छ, नवरात्र आइसक्यो, चिसोले गर्दा अधिकांश बिरामी परेका छौं’, उनले भने, ‘अब कडा आन्दोलनमा उत्रिन्छौं ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि भेट नदिएको र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सुस्तावासीको ज्ञापन पत्र बुझ्न नमानेको उनीहरूको भनाइ छ । दिपेन्द्र जैसवालले गुनासो गरे, ‘कसले बोकेर लगिदियो सुस्ता ? , गलत ठाउँ आउनुभयो भन्दै ज्ञापन पत्र पनि लिएनन् ।’ उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलबाट भेट्न सुरु गरेका सुस्तावासीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनःलाई भेटेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा प्रमुख सचेतक देव गुरुङलाई पनि भेटेका छन् । उनीहरूले यी सबै भेटघाट फलदायी नभएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.