गाउँपालिका अध्यक्षले कर्मचारीको हाजिरी रोकिदिए

गाउँपालिका अध्यक्षले कर्मचारीको हाजिरी रोकिदिए

सिरहा : प्रदेश २ सरकारले कर्मचारी नपठाइएको भनी गुनासो गरिरहँदा सिरहास्थित अर्नामा गाउँपालिकामा खटिएर आएका एक कर्मचारीले हाजिरी गर्नै पाएका छैनन् ।

कर्मचारी समायोजन अन्तर्गत सिंचाइ विकास डिभिजन नवलपरासीबाट सरुवा भइ आएका सबईन्जिनियर सन्जिव कुमार यादवलाई गाउँपालिका अध्यक्ष ठकु महतोले हाजिर गर्नै नदिएका हुन् । सबईन्जिनियर यादव जिल्ला प्रशासन कार्यालयबाट पठाएको पत्रसहित गाउँपालिका कार्यलय पुगे पनि अध्यक्षले हाजिर गर्न नदिएपछि यादव अन्योलमा परेका छन् ।

स्थायी कर्मचारी यादव समान्य प्रशासन मन्त्रालयले भदौ २७ गते गरेको निर्णय अनुसार नै आफू गाउँपालिकामा सरुवा भइ आएका हुन् । यादवले आफू भदौ १२ गते सिंचाई विकास डिभिजन नवलपरासीबाट रवानापत्र लिएर भदौ १६ गते नै गाउँपालिमा हाजिरी हुन पुगेको बताए । अध्यले आलटाल गरी हप्ता दिन बिताइदिएपछि उनी जिल्ला प्रशासन कार्यालयमा पुगे ।

प्रशासन कार्यालयले भने सबईन्जिनियरलाई अबिलम्व हाजिरी गराउने भनी पत्र काटिदियो । तै पनि गापा अध्यक्षले महतोले अस्विकार गर्दै आएका छन् । अध्यक्षको यस्तो व्यवहारका कारण आफू अन्योलमा परेको यादवले बताउँदै आएका छन् । उनले आफूलाई हाजिरी नगराएको विषयमा मन्त्रालयमा पनि जानकारी गराएको बताए ।

साथै यादवले आफूलाई हाजिरी नगराउनेबारे कारण समेत माग गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले भने कानुनी रुपमा यसरी हाजिरी रोक्न नहुने बताएकी छन् । गापा अध्यक्षले भने अन्नपूर्णसँगको टेलिफोन कुराकानीमा यसबारे आफू केही बोल्न नचाहेको भन्दै फोन काटिदिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.