गुर्जा हिमाल : दशकपछिको पहिलो आरोहणमै दुर्घटना

गुर्जा हिमाल : दशकपछिको पहिलो आरोहणमै दुर्घटना

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका १ स्थित गुर्जा हिमालमा एक दशकपछि पहिलो पटक आरोहणका लागि गएको पर्वतारोहीहरूको टोली दुर्घटनामा परेको छ।

सात हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि आधार शिविरमा पुगेका पाँच विदेशी र चार जना नेपाली हिम आँधी आएपछि दुर्घटनामा परेका हुन्। दक्षिण कोरियाका किम चङ हङको नेतृत्वमा एक हप्ताअघि आरोहण टोली गुर्जाबाट आधार शिविरतर्फ गएको थियो।

‘उनीहरू गुर्जा हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने तयारी सहित आधार शिविर गएका थिए’, गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘दशक पछि पहिलो पटक हुन लागेको आरोहण दुर्घटनाले विफल बनायो।’

विसं २०६५ मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि गुर्जाका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन्। अत्यन्त विकट र आरोहणका लागि पदमार्ग लगायत सुविधा नभएकाले गुर्जा हिमाल आरोहण यसअघि रोकिएको थियो। धवलागिरी गाउँपालिका र वडाले हालै पहल गरी पर्यटकहरू ल्याएको थियो।

हङको टोलीलाई आरोहणका लागि पर्यटन विभागले ६० दिनको अनुमति दिएको थियो।


यो पनि पढ्नुस् : गुर्जा हिमालमा हिमआँधी, ४ नेपालीसहित ८ को मृत्यु


गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएका थिए। आरोहण टोली आएपछि उत्साहित भएका गुर्जाबासीलाई दुर्घटनाले दुखित बनाएको वडा अध्यक्ष छन्त्यालले बताए।

एक जना दक्षिण कोरियाका पर्यटक विरामी परेपछि उनका एक जना नेपाली सहयोगी बाहेक अन्य टोली आधार शिविर गएका थिए। आधार शिविर पुगेको टोली असोज २४ गते बुधबारदेखि सम्पर्कविहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दाहरू आधार शिविरतर्फ गएका थिए।

स्थानीयबासीको टोली आधार शिविर पुगेर शुक्रबार राति फर्किएपछि शनिबार बिहान मात्रै दुर्घटनाको बारेमा जानकारी पाएको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले बताए। जिल्ला सदरमुकाम बेनीदेखि चार घण्टा गाडी र आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा गाउँदेखि थप पाँच घण्टा हिँडेपछि दुर्घटनास्थल पुग्न सकिन्छ।

ताकम प्रहरी चौकीबाट शनिबार बिहानै प्रहरी टोली पैदल मार्गबाट घटनास्थलतर्फ पठाएको प्रहरी नायव उपरीक्षक बुढाले बताए। घटनास्थलमा पुगेको सिम्रिक एयरको हेलिकोप्टर खराब मौसम र प्रतिकुल भूगोलका कारण अवतरण हुन नसकेपछि फर्किएको छ।

हेलिकप्टरका पाइलटले पालहरू यत्रतत्र छरिएका र शव देखिएको बताएका प्रनाउ बुढाले जानकारी दिए। ‘पैदल मार्गबाट गएको प्रहरीको टोली भोलि मात्र पुग्न सक्छ। घटनास्थल पुगेका स्थानीयबासी र हेलिकोप्टरका पाइलटले ९ जनाको शव देखेको बताएका छन्’, प्रनाउ बुढाले भने।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले मौसममा सुधार आएपछि दिउँसो उद्धार टोली सहित हेलिकोप्टर पठाउने तयारी भएको बताए। उनीहरू गएको ट्रेकिङ एजेन्सीमार्फत आरोहणमा गएकाहरूको पहिचान गर्ने काम भइरहेको प्रजिअ अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.