जुम्लामा २२ जुवाडे पक्राउ
जुम्ला : दसैँ अवधिभर जुम्लामा २२ जुवाडे पक्राउ परेका छन् । उनीहरुसँग लाखौं रकम बरामद गरेको प्रहरीले बताएको छ ।
दसैंमा जुवातास खेल्नेको संख्या बढ्ने अनुमान सहित प्रहरीले गरेको कारवाहीको क्रममा आइतबारसम्म २२ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बसपार्कबाटै १८ जना र तातोपानी गाउँपालिकाको हाँकुबाट चार जुवाडे पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुबाट २ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम बरामद गरेको बताएको छ । डिएसपी सीताराम रिजालले भने, ‘सबै जुवाडे हिरासतमै छन्, थप आवाश्यक अनुसन्धानपछि सबैमाथि कानुनी कारवाही हुन्छ ।’
पछिल्लो समय जिल्लाका विभिन्न ठाँउ तथा प्रमुख बजार क्षेत्रमा जुवा र मदिरा सेवन गर्नेलाई निरुत्साहित गर्न प्रहरीले कडा निगरानी पनि थालेको रिजालले बताए ।चाडवाडको वहानामा बढ्ने गरेको जुवातास, मदिरा सेवनलगायतका गैरकानुनी क्रियाकलाप रोक्न प्रहरीले अभियान सुरु गरेको उनले जानकारी दिए । पक्राउ परेका जुवाडेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।
प्रतिक्रिया दिनुहोस !