मुसहरको पहिलो दसैं : पूर्वनगरअधिकृतले खुवाए भोज

मुसहरको पहिलो दसैं : पूर्वनगरअधिकृतले खुवाए भोज

बर्दिबास : पुस्तौनी गरिबीको चपेटामा परेका महोत्तरीको बर्दिबासस्थित एकीकृत नमुना मुसहर बस्तीका बासिन्दालाई दसैंको अवसरमा बर्दिबास नगरपालिका पूर्वकार्यकारी अधिकृत रामकुमार कार्कीले तीन सयलाई भोज खुवाएका छन्। जीवनमा पहिलोपटक दसैंको टीका ग्रहण गरेको मुसहरलाई दसैंको टीका लगाउनेदेखि भोजको व्यवस्था प्रशासकीय अधिकृत कार्कीले गरेको एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष बिल्टु सदाले बताए।

जीवनमा गरिबीसँग उठ्न नसकेका मुसहरहरूले जिन्दगीमा चाडपर्वमा मिठोमसिनो खाने दिन आएको छ। धुर्मुस सुन्तलीले उनीहरूका लागि एकीकृत नमुना बस्ती बनाइदिएपछि उनीहरूको दिनचर्या निरन्तर फेरिँदो क्रममा छ। बस्तीकी १०४ वर्षीया मरणी देवीको हातबाट बस्तीवासीले टीकाग्रहण गरेका हुन्। बस्तीका बच्चादेखि वृद्धवृद्धाले बस्तीमा आयोजित एक समारोहबीच टीका ग्रहण गरेका थिए।

टीका ग्रहणपछि बस्तीका स्थानीयले संयुक्त रूपमा भोज खाएका थिए। त्यसपछि पिङ तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो। बस्तीका स्थनीयलाई बर्दिबास नगरपालिका पूर्वकार्यकारी अधिकृत रामकुमार कार्कीले दसैंको अवसरका सामूहिक भोज खुवाए। बस्तीका बच्चाहरूलाई पिङमा खेल्ने व्यवस्था पनि उनैले मिलाइदिएको स्थानीय मञ्जय मुसहरले बताए।

कतिपय मुसहरले घरमा खसी नै काटेर दसैं मनाएको स्थानीय रोहित मुसहरले बताए। जीवनमा पहिलोपटक दसैंको टीका लगाउँदा बस्तीवासी दंग थिए। बच्चाहरू पनि खुशी थिए। बस्तीवासीहरूको हातबाट कार्यकारी अधिकृतले टीका ग्रहण गरेका थिए। बच्चालाई मिठाई बाँडेका थिए। ‘हामी मात्रै चाडपर्वमा मिष्ठान्न भोज खाएर हुन्न, गरिबका लागि पनि चाड आउनुपर्छ’, उनले भने, ‘त्यसैले मुसहरहरूलाई म आफ्नो तलबबाट छुट्टै दशैं खर्चमा उनीहरूलाई भोज खुवाएँ। गरिबलाई भोजन गराउँदा मन खुशी भएको छ।’

              प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की बच्चाहरूसँग।                                                                          मरणी सदाको हातबाट टीका लगाउँदै एक बालक।

बर्दिबास नगरपालिकामा कार्कीले दुई वर्ष कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। उनी यहाँ रहँदा मुसहर बालबालिका पढाउन र उनीहरूका समस्या बुझ्न जान्थे। उनकै पालामा बर्दिबासमा धुर्मुस र सुन्तलीले एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेका थिए। जनप्रतिनिधि नभएका बेला कार्कीले सरकारी कार्यालयबीच समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

मुसहरको जीवनस्तर उकास्न सहयोग गरेकाले कार्कीलाई बस्तीका सबैले सम्मान गर्छन्। मुसहरलाई सहयोग गर्ने सरकारी कर्मचारीमा उनलाई लिइने गरेको स्थानीय ५० वर्षीया मानकी मुसहरले बताइन्। कार्की बर्दिबासबाट सरुवा भई धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका पुगे। उनी अहिले पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.