दुई सचिव जगेडामा तानिए

दुई सचिव जगेडामा तानिए

काठमाडौं : सरकारले दुई सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जगेडामा तानेको छ। पुष्पा चौधरी र दीपेन्द्रनाथ शर्माको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको हो। चौधरी स्वास्थ्य र शर्मा सहरी विकास मन्त्रालयमा थिए।

दुवै सचिव मन्त्रीको रुचिमा हेरफेर गरिएका हुन्। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको चाहनामा चौधरी र सहरी विकास मन्त्री मोहम्मत इस्तियाक राईको चाहनामा शर्माको सरुवा भएको हो। उनीहरूको दरबन्दी प्रधानमन्त्री कार्यालयमा छैन।

२८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकको सचिव सरुवा निर्णय बुधबार सार्वजनिक गरिएको हो। सहरी विकास मन्त्रालयमा नेपाल ट्रस्टका सचिव डा. रमेश सिंहलाई सरुवा गरिएको छ। उपप्रधानमन्त्री यादवको सिफारिसमा उनलाई सहरी विकासमा लगिएको हो। स्वास्थ्य मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी मन्त्रालयकै १२ औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई दिइएको छ।

यसअघि प्रधानमन्त्री केपी ओलीले मन्त्रीको रुचिमा सचिव हेरफेर नगरिने प्रतिबद्धता जनाउँदै आएका थिए। उनले पहिलोपटक ठूलो संख्यामा सचिव हेरफेर गर्दा कतिपय मन्त्रीले समेत भेउ पाएका थिएनन्। प्रधानमन्त्री कार्यालय उच्च स्रोतले सचिव शर्माले साढे ३ वर्षसम्म कुनै उपलब्धि नदेखाएका कारण सरुवा गरेको दाबी गर्‍यो। सचिव चौधरीविरुद्ध विभिन्न अनियमितताको उजुरी परेकाले मन्त्रालयबाट हटाइएको स्रोतको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.