दमकमा गोदाम र ग्यारेजमा आगलागी, ३८ लाखभन्दा बढीको क्षति

दमकमा गोदाम र ग्यारेजमा आगलागी, ३८ लाखभन्दा बढीको क्षति

दमक: झापाको दमकस्थित कपासको गोदाम र ग्यारेजमा आगलागी भएको छ। दमक वडा नम्बर-६ स्थित शंखधर चोकमा रहेको रुवा गोदाम र ग्यारेजमा आगलागि हुँदा करिब साढे ३८ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।

 बिहीबार दिउँसो साढे १२ बजेबाट कपास गोदाममा अचानक आगो सल्किएको थियो। आनन्दकाजी श्रेष्ठले संचालन गर्दै आएको कपास गोदाम जलेर पूर्णरुपमा नष्ट भएको छ।

कपास गोदाम जल्दा ८ लाख बराबरको क्षति भएको छ। त्यस्तै गोदामसँगै रहेको ग्यारेजमा समेत आगो सल्किएको थियो। लोकनाथ सिग्देलले संचालन गरेको ग्यारेजमा राखिएको बा१७च ३०९५ नम्बरको टाटा गाडीसमेत पूर्णरुपमा जलेको छ।

ग्यारेजमा आगलगीबाट ३० लाख ५० हजार बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। आगो २ घण्टा पछि स्थानीयबासी, प्रहरी , दमक र गौरादहको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो। आगलागिको कारणबारे अनुसन्धान भइरहको प्रहरीको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.