हत्या आरोपमा साथीसहित चार छिमेकी पक्राउ

हत्या आरोपमा साथीसहित चार छिमेकी पक्राउ

राजविराज : राजविराज नगरपालिका ६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनकै साथीसहित चार जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा छिमेकी ४० वर्षीया मुन्नी साह, ३० वर्षीया चनरदेवी राउत, ३२ वर्षीय शंकर राउत र ३० वर्षीय सुरज मेहतरलाई पक्राउ गरेर आइतबार कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी देवको टाउकोमा इँटाले प्रहार गरी हत्या गरेको अवस्थामा देवको शव दसैंको टीकाको दिन भेटिएको थियो । 

एसपीको निवाससँगै जोडिएको घरमा रहेको मृतकको घरको पूर्व पट्टी सामुन्ने डीएसपी र इन्स्पेक्टरको निवास छ । 

बलात्कारपछि हत्या भएको आशंकामा फोरेन्सिक परीक्षणका लागि शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.