विद्यालयमै वडा कार्यालय

विद्यालयमै वडा कार्यालय

जुम्ला : तिला गाउँपालिका–७ नम्बर वडा कार्यालय विद्यालय भवनमै खोलिएको छ। घाघेसिन, तुही र प्रोखी गाउँ मिलेर बनेको वडापालिकाको कार्यालय कहाँ राख्ने विषयमा स्थानीयबीच विवाद थियो। तीनै गाउँका स्थानीयले अडान कायमै राख्दा वडाको आफ्नै भवन नहुन्जेलसम्मका लागि विद्यालयलाई अस्थायी कार्यालय बनाइएको अध्यक्ष हस्तबहादुर बुढाले बताए।

तुईगाउँस्थित कालिका आधारभूत विद्यालयबाटै वडा कार्यालय सञ्चालन भएको छ। आ–आफ्नो गाउँ वडा कार्यालयका लागि उपयुक्त स्थान भएको तीनवटै गाउँका स्थानीयले दाबी गरेका छन्। तुही गाउँमा वडा कार्यालय राख्दा सबैलाई सहज हुने स्थानीय धनपति बुढाले बताए। वडाध्यक्ष हस्तबहादुर बुढाले भने, ‘स्थानीयको विवादले गाउँमा कार्यालय खोल्न उपयुक्त घर पाएनौं, सार्वजनिक जग्गा अभाव र पूर्वाधार व्यवस्थापनमा सकस हुँदा विद्यालयको कक्षा कोठालाई वडा कार्यालय बनाएका हौँ।’ पढाइमा समस्या नहुने गरी विद्यालयसँग समन्वय गरिएको उनको भनाइ छ।

गाउँमै वडा कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताइन्। ‘स्थानीय सरकारले वडा कार्यालय व्यवस्थापन गर्न नसक्नु दुःखद पक्ष हो तर आ–आफ्नै गाउँमा कार्यालय हुनुपर्ने स्थानीयको विवादले समस्या निम्त्याएको छ’, उनले भनिन्, ‘एकातर्फ कार्यालयका लागि उपयुक्त घर पाइएको छैन, अर्कोतिर छिट्टै कार्यालय व्यवस्थापन गर्नुपर्ने दबाब छ।’ सबैको पायक पर्ने गरी तुही गाउँमै सो वडा कार्यालय राख्ने विषयमा कार्यपालिकाबाट निर्णय हुन मात्रै बाँकी रहेको उनले बताइन्। छिट्टै छलफल र सहकार्य गरेर सबैलाई हित हुने निर्णय गरिने उनको भनाइ छ।

वडामा सार्वजनिक स्थल नभएको र व्यक्तिगत जग्गा दिने विषयमा सहमति नजुटेका कारण विद्यालय भवनमा अल्पकालीन वडा कार्यालय स्थापना गरिएको हो। उक्त भवन स्तरोन्नतिका लागि २ लाख ५० हजार बजेट विनियोजन गरिएको तिला गाउँपालिकाले जनाएको छ।       


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.