झापामा मोटरसाइकल दुर्घटना : भाइको मृत्यु, दाजु घाइते

झापामा मोटरसाइकल दुर्घटना : भाइको मृत्यु, दाजु घाइते

दमक : झापाको कमल गाउँपालिकामा शनिबार मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-३ स्थित केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा पाँचथर कुम्मायक-५ माङ्गजावुङ्गका २८ वर्षीय श्रवणकुमार शेर्माको मृत्यु भएको हो। 

उनको लाइफलाइन अस्पताल, दमकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए। 

घाइते हुनेमा उनका दाजु ताराकुमार शेर्मा रहेका छन्। घाइतेको  बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ। 

उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मे २ च ११८१ नम्बरको मारुती भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.