नागढुंगा-धुलिखेल मेट्रोरेल : डीपीआर बनाउन चार प्रस्ताव

नागढुंगा-धुलिखेल मेट्रोरेल : डीपीआर बनाउन चार प्रस्ताव

काठमाडौं : काठमाडौं उपत्यकाको नागढुंगा–धुलिखेल मेट्रोरेलको प्रारम्भिक सम्भाव्यता अध्ययन (डीपीआर) बनाउन चारवटा कम्पनीले लगानी बोर्डमा प्रस्ताव पेस गरेका छन् । यसका लागि बोर्डले ६ वटा कम्पनी सूचीकृत गरेको थियो । प्रारम्भिक चरणमा छनोट भएका दुई कम्पनीले प्रस्ताव नबुझाएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।

डीपीआर बनाउन चाइना रेल्वे सिउवान सर्वे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड जेभी इएमआरसी र युसिन इन्जिनियरिङ कर्पोरेसन जेभी प्याडोको एफबीसी सिउलले प्रस्ताव पेस गरेका छन् । यस्तै टर्कीको युकसेल प्रोजे र युकसलवारी राइट्स इन्डिया लिमिटेडले पनि प्रस्ताव बुझाएका छन् । प्रारम्भिक चरणमा छनोट भएका चीनको चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन र जापानको निप्पोन कोई कम्पनी लिमिटेडले भने प्रस्ताव बुझाएनन् ।

बोर्डले नागढुंगा धुलिखेल ४५ किलोमिटर लामो मेट्रोरेलको डीपीआर बनाउन गत जेठ ३ गते प्रस्ताव माग गरेको थियो । २३ वटा कम्पनीले आवेदन दिएका थिए । बोर्डको प्राविधिक टोलीले कम्पनीको अनुभव, आर्थिक क्षमता, जनशक्तिको मूल्यांकन गरेको थियो । भदौ २८ गते चीन, जापान, भारत र टर्कीका ६ कम्पनी सूचीकृत गरेको थियो । सूचीकृत भएका कम्पनीलाई डीपीआर प्रक्रियामा सहभागी गराउन एक महिनाको समय दिएर रिक्वेस्ट फर प्रपोजल (आरएफपी) माग गरिएको थियो ।

 बोर्डले प्रारम्भिक चरणमा छनोट गरेको ६ वटा उपयुक्त प्रस्ताव पेस गर्न असोज अन्तिमसम्म समय दिएको थियो । तोकिएको समयमा पनि चार कम्पनीको मात्र प्रस्ताव परेको थियो । सूचीकृत भएका दुई कम्पनीलाई सहभागी गराउने आशमा बोर्डले १५ तयारीका लागि भन्दै १५ दिनको समय थप गरेको थियो । थप गरिएको समयमा पनि ती कम्पनीबाट प्रस्ताव आउन नसकेको बोर्डले जानकारी दिएको छ ।

 प्रस्तावित कम्पनीको प्राविधिक र आर्थिक क्षमताका आधारमा डीपीआर निर्माण गर्न कम्पनी छनोट गरिनेछ । पहिलो चरणमा कम्पनीको प्राविधिक पक्षको मूल्यांक गरिनेछ । प्राविधिकरूपमा सबल देखिएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिनेछ । प्राविधिकरूपमा सक्षम भएका कम्पनीमध्येबाट न्यून अंक कबुल गर्ने कम्पनीले डीपीआर बनाउने जिम्मा पाउनेछ । सन् २०१८ को डिसेम्बर महिनाभित्रमा डीपीआर निर्माण गर्न कम्पनी छनोट गर्ने बोर्डको योजना छ ।

सहरको जनसंख्या ३० लाखभन्दा माथि भएमा रेल सञ्चालन गर्न सकिन्छ । हाल उपत्यकाको जनसंख्या ५० लाखभन्दा धेरै भइसकेको छ । बोर्डले प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको मेट्रोरेलमा सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलबाट निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । डीपीआर बनाउने प्रस्ताव तयार पार्न उपर्युक्त कम्पनी छनोट गर्न लागेको हो । अब तयार पारिने डीपीआरको आधारमा सरकारले मेट्रोरेल बनाउने कम्पनी छनोट गर्नेछ ।

मेट्रोरेल जमिनमाथि र मुनि दुवै स्थानमा हुन सक्ने भएकाले कम्तीमा १५ वर्षे कार्य अनुभव भएको विदेशी कम्पनीसँग नेपाली कम्पनीको साझेदारमा काम गर्न दिइने सर्त बोर्डको छ । ६ वर्ष अघि काठमाडौंमा भएको मेट्रोरेल सम्भाव्यता अध्ययनलाई आधार बनाएर सरकारले काठमाडौं पूर्व–पश्चिम र उत्तर–दक्षिण गरी दुईवटा रुटमा रेलमार्ग बनाउने योजना अगाडि सारेको छ ।

काठमाडौंको पूर्व–पश्चिम खण्डअन्तर्गत यो ४५ किमि दूरीको प्रक्रिया लगानी बोर्डले अगाडि बढाएको छ । बूढानिलकण्ठबाट सातदोबाटो हुँदै काठमाडौं तराई द्रुतमार्गको एलाइनमेन्टमा जोडिने गरी कम्तीमा २५ किमिको रेलमार्ग भने रेल विभागको जिम्मेवारीमा रहेको उल्लेख छ ।

लगानी बोर्डले अगाडि सारेको नागढुंगा–धुलिखेलसम्म मेट्रोरेलको निर्माण लागत प्रतिकिमि पाँच अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । साढे पाँच खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो रेलको कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले अध्ययन प्रतिवेदन तयार पारेको थियो । उपत्यकाको तीन सहर जोड्ने ७८ किलोमिटरको मेट्रो रेललाई नै मोडिफाइ गरेर दुई रुटमा मात्रै अगाडि बढाउन लागिएको लगानी बोर्डको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.