झिनीया र सेल रोटीको व्यापारबाट राम्राे अाम्दानी

झिनीया र सेल रोटीको व्यापारबाट राम्राे अाम्दानी

बेनी : म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ। यस वर्षको दशैँ र तिहारको अवधिमा लाखौंको झिनीया र सेल रोटीको व्यापार भएको छ। बेनीका झिनीया उत्पादक तथा व्यापारीहरुकाअनुसार दसैं तिहारको एक महिनाको अवधिमा एक जनाले एकदेखि दुई लाख रुपैयाँको बिक्री गरेका छन्। बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीहरुको संख्या बीस जना भन्दा धेरै छ। 

उद्यमी सिर्जना श्रेष्ठले दसैं तिहारको अवधिमा सेल रोटी र झिनीयाको माग अत्याधिक भएको बताइन्। ‘दैनिक पाँच सय वटासम्म सेल रोटी बिक्री हुन्छ’ उद्यमी श्रेष्ठले भनिन्। घरमा बनाउन झञ्जट हुने, बिग्रने डर र कोसेली लैजान सजिलो हुने भएकाले पछिल्लो समय तयारी सेलरोटी र झिनीयाको व्यापार फस्टाउदै गएको छ। सेलरोटी र झिनीयाको साथै चिनी, फिनी, झेली, फुल रोटीको पनि उत्पादन र बिक्री वितरण हुन्छ। 

सेलरोटी प्रतिगोटा ३०, चिनी र फिनी रोटी प्रतिगोटा पचास रुपैयाँका दरले बिक्री हुने गरेको छ। झिनीया आकारअनुसार प्रतिगोटा दसदेखि पन्ध्र रुपैयाँमा बिक्री हुन्छ। बेनीका उद्यमीले उत्पादन गरेको झिनीयाले माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाटसमेत आयात भएको उद्यमी राधा बोगटीले बताइन्।  

‘सीप भएका महिलाहरुलाई फुर्सदको समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको छ’ बोगटीले भनिन्। हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ। चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ। बनाउन झन्झटिलो भएपनि झिनीयाको व्यापार गर्नेहरुको कमाई भने राम्रो छ।

 

बेनीको मंगलाघाटकी बुद्धीमा बुढाले एक महिनायता दुई लाख रुपैयाँभन्दा बढीको झिनीया रोटी बिक्री गरेको बताइन्। ग्राहक घरमै आउने भएकाले बजारको समस्या छैन्। स्वास्थ्यकर्मीहरु भने झिनीया बनाउँदा, सुकाउँदा, भण्डारण र उपभोग गर्दा सरसफाईमा ध्यान दिनुपर्ने बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.