भत्किएको बालगोपालेश्वरमै भाइटीका (फोटो फिचर)
रानीपोखरीस्थित भूकम्पले क्षतिग्रस्त बालगोपालेश्वर मन्दिर परिसरमा भाइटीका लगाइएको छ । दिदीबहिनी नहुने दाजुभाइहरुले त्यहाँ पुगेर टीका लगाएका हुन् ।
भूकम्पले भत्काएपछि बालगोपालेश्वरमा केहीवर्षदेखि भाइटीका कार्यक्रम गरिएको थिएन । बालगोपालेश्वर मन्दिर परिसरमा अञ्जली दिदीसहितले सामूहिक भाइटीका लगाइदिने गरेका थिए ।

’






जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए। वि.सं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो ।
‘त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो’, उनले भने, ‘अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ । विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।
तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस !