सडकमा जुवा खेल्न रोक्दा प्रहरीमाथि आक्रमण

सडकमा जुवा खेल्न रोक्दा प्रहरीमाथि आक्रमण

दैलेख : दुल्लु नगरपालिका–७ कृति खम्बमा भइरहेको जुवा नियन्त्रण गर्न खटिएको प्रहरी टोलीमाथि शुक्रबार राति आक्रमण भएको छ । आक्रमणबाट इलाका प्रहरी कार्यालय दुल्लुका इन्चार्ज प्रहरी निरीक्षक बजिरसिंह विष्ट र प्रहरी सहायक निरीक्षक सुजन खड्का घाइते भएका छन् । 

आक्रमणबाट घाइते भएका प्रहरी निरीक्षक विष्टको टाउकोमा चार वटा टाका लगाइएको छ भने प्रशनी खड्काको टाउकोमा गहिरो चोट लागेको छ । घाइते भएका उनीहरुको दुल्लु अस्पतालमा उपचार भइसकेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक विष्टका अनुसार साँँझ करिब ७ बजे जुवाडेको समूहले सडकमै जुवा संचालन गरेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रहरीले जुव रेक्न खोजेपछि झडप भएको थियो । 

प्रहरीमाथि नै आक्रमण हुनथालेपछि चार राउण्ड हवाई फायर गर्नुपरेको उनले जानकारी दिए । आक्रमणमा करिब ४०–५० जनाको संख्या रहेको र उनीहरुलाई मुद्दा चलाउने तयारी भइरहेको  विष्टको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.