भद्रपुरमा मोटरसाइकल दुर्घटना, १ को मृत्यु, २ गम्भीर

भद्रपुरमा मोटरसाइकल दुर्घटना, १ को मृत्यु, २ गम्भीर

दमक : झापाको भद्रपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-८ का २० वर्षीय किशोर प्रधान रहेका छन्। मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना परी भद्रपुर-८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशीष राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सोमबार बिहान साढे १ बजे केचना चाराआली सडकखण्डअन्तर्गत भद्रपुर-४ झिलमिलीया पुल नजिकै मे४प ७७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रधानको उपचारको क्रममा ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए। मोटरसाइकलको पछाडि सवार घाइते दुवैजनाको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ।

मोटरसाइकलमा सवार तीनैजनाले मादक पदार्थ सेवन गरेकाले मोटरसाइकल नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.