सिरहामा यस्तो छ छठपर्वको तयारी (फोटो फिचर )
सिरहा : सिरहाको लहान बजारमा सोमबार हाट बजार लागेको छ। हाटबजारमा बिहानैदेखि छठपर्वका लागि आवश्यक सामग्री किन्नेको भीड लागेको छ। किसानले आफ्नो खेतबारीमा उब्जाएको उखु, मुला, अदुवा, हल्दी, पिडालुलगायत केराको खरिद बिक्री धमाधम भइरहेको छ।
यससँगै माटाका भाँडाकुँडा, बासका सामग्रीको पनि बिक्री बढेको छ।ठाउँ ठाउँमा छठको घाट पनि सजाइएका छन्।