दमकमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

दमकमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

दमक : झापाको दमकमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ। कारको ठक्करबाट दमकमा मंगलबार बिहान एक महिलाको मृत्यु गएको छ। मृत्यु हुनेमा खोटाङ्ग साकेला गाँउपालिका-४ की ५५ वर्षीया सीतामाया खड्का रहेकी छन्। पूर्वपश्चिम राजमार्गअन्र्तगत दमक नगरपालिका वडा नम्बर ४ स्थित सडक खण्डमा आज बिहान ५बजेतिर भएको कारको ठक्करबाट खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए।

खोटाङ्ग घर भएपनि मृतक खड्का दमक- ९ मा बस्दै आएकी थिइन्। बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा.१७ च.८१७२ नम्बरको कारले उनलाई ठक्कर दिएको थियो।ठक्करबाट घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै पानीको नालीमा डुबेर झापाको दमकमा एक बालिकाको मृत्यु गएको छ। मृत्यु हुनेमा दमक-५ मा डेरा गरी बस्ने शनि शाहकी ४ वर्षीया छोरी शञ्चला शाह रहेकी छन्।सोमबार दिउँसो स्थानीय कामक्ष होटल मार्गको सडक नालीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

खेल्ने क्रममा घर नजिकै रहेको पानीको नालीमा डुबिरहेको अवस्थामा आफन्तले फेला पारेका थिए। तत्काल उपचारको लागि दमकको लाइफलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा बालिकाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुब्बाले बताए।बालिकाको शव दमक अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाएको प्रनाउ सुब्बाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.