नापीका ४ महाशाखा प्रमुखविहीन

नापीका ४ महाशाखा प्रमुखविहीन

काठमाडौं : नेपाल–भारतबीच सीमांकन तथा देशभरिको जग्गा नापी गर्ने जिम्मेवारी पाएको स्थलरूप नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखासहित नापी विभागका ३ महाशाखा प्रमुखविहीन भएका छन्। ४ मध्ये ३ महाशाखामा प्रमुख छैनन् । नापी महाशाखाको प्रमुख उपमहानिर्देशक हुन्छन्। स्थलरूप नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका सुरेशमान श्रेष्ठ, खगोल तथा भू–मापन महाशाखाका निरज मानन्धर, कित्ता नापी महाशाखाका प्रमुख मोहमद साहिर हुसेन सेवानिवृत्त भएका छन्।

विभागका चारमध्ये राष्ट्रिय भौगोलिक सूचना पूर्वाधार महाशाखा प्रमुखमा उपमहानिर्देक प्रकाश ज्ञवाली कार्यरत रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले जानकारी दिए । ४ वर्षदेखि नेपाल–भारत सीमा सर्भे भइरहेको छ। कामको सम्पूर्ण जिम्मेवारी स्थलरूप नापी तथा भू–उपयोग महाशाखाको हो। चौथो वर्षको सीमा सर्वेक्षण गर्न महाशाखाको प्राविधिक टोली मंसिरमा जाँदैछ। सन् २०१४ मा भएको नेपाल–भारतका परराष्ट्रमन्त्री स्तरीय बैठकले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्ल्यूजी)लाई ८ वर्षभित्र सीमा निर्धारण गरिसक्ने म्यान्डेट दिएको छ ।

सीमा सर्भेका साथै निर्माणस्थलको स्थलरूप नापीको काम पनि यही महाशाखाको हो। साउन १ मा भू–उपयोग आयोजना खारेजीपछि त्यसको जिम्मा पनि महाशाखाले पाएको छ। ३६ जिल्लाको नापी गरेर तयार पारेको करोडौं लगानीको नक्सा स्थानीय तहलाई वितरण गर्नुका साथै सबै जिल्लाको भू–उपयोगसम्बन्धी काम प्रमुख नहुँदा प्रभावित हुने देखिएको छ ।

कित्ता नापी महाशाखाका प्रमुख हुसेन २ महिनाअघि सेवानिवृत्त भएका हुन्। महाशाखाले पुनः नापी, द्वन्द्वकालमा नष्ट जग्गाको स्रेस्ता पुनःस्थापना गर्ने, तराईका गाउँको छुट्टाछुट्टै नापी गर्छ। खगोल तथा भू–मापन महाशाखाले सगरमाथालगायत पृथ्वीको उचाइ मापन, पृथ्वीको सतहका कुनै पनि विन्दुको अवस्थिति पत्ता लगाउने, गुरुत्वाकर्षण सर्भे गर्ने, नापीका आवश्यक नियन्त्रण विन्दु स्थापना गर्छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले पदपूर्तिका लागि लोकसेवा माग गरिएको जानकारी दिए। ‘लोकसेवा माग गरेका छौं, उसले छिटो पदपूर्ति गरिदेला भन्ने आशा छ’, उनले भने। मन्त्रालयसँग जनशक्ति नै नभएकाले लोक सेवासँग माग गरिएको उनले बताए। उनले नापीसम्बन्धी सर्भे समूहका धेरै उपसचिवको दरबन्दी खाली रहेको बताए ।

७ मध्ये ३ दरबन्दी खाली

भूमि व्यवस्था मन्त्रालयअन्तर्गत नापीसम्बन्धी इन्जिनियरिङ सेवा सर्भे समूहमा ७ जनाको सहसचिव दरबन्दी छ। तीमध्ये नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टसहित ४ जना मात्र छन्। सेवा समूहमा ३ दरबन्दी रिक्त छन्।

मन्त्रालयका प्रवक्ता जोशी, राष्ट्रिय भौगोलिक सूचना पूर्वाधार महाशाखा प्रमुख प्रकाश ज्ञवाली र करुणा केसी गरी ३ जना छन्। लोकसेवाले पदपूर्ति नगरेसम्म दरबन्दी रिक्त रहने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.