क्यानभासमा निर्मला, मार्क्स र मोनालिसा (फोटो फिचर)

क्यानभासमा निर्मला, मार्क्स र मोनालिसा (फोटो फिचर)

पोखरा : पोखरा आर्ट ग्यालरीमा निर्मला पन्त र भगवान श्रीकृष्णको चित्र क्यानभासमा सजाएर राखिएको छ। बलात्कारपछि हत्यामा संलग्नलाई कारबारहीको माग राख्दै निर्मलाका बाबाआमा र आफन्त कञ्चनपुरमा अनिश्चितकालीन धर्नामा  छन्। 

कलाकार सुनिल सिग्देलको एकल चित्रकला पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा शुक्रबारदेखि सुरु भएको हो। प्रदर्शनीमा राखिएका १७ चित्र मध्ये दुईवटा चित्र निर्मलाका लागि न्याय खोज्दै क्यानभासमा उतारेका हुन्। 

असत्यमाथी सत्यको विजयका लागि योगदान दिएकी देवी दुर्गाको सम्झनामा नेपालीले दसैं मनाउन तयारी गरिरहदा निर्मलाको निर्मम हत्या भएको थियो। विष्णुका अवतार श्रीकृष्ण, देवी दुर्गा मात्र होइन संरक्षकका रुपमा पुजिने भैरवले पनि बलात्कारी दानव रुपी राक्षेस सामु निरिह बनेको अभिव्यक्ति उनले चित्रमा कोरेका छन्।

 
हत्या हुनु अघि निर्मलाले भगवान श्रीकृष्णको चित्र कोरेकी थिइन्। यसैलाई आधार मानेर कलाकार सिग्देलले प्रतिनिधि पात्रको रुपमा न्यायका लागि निर्मलाका बाबाआमाले भोग्नु परेको समस्या, नेपाली सामाजमा घट्दो दानवरुपी व्यवहार र नेपाली राजनीतिक अव्यवस्था प्रति कडा प्रहार गरेका छन्। कलाकार सिग्देलले सरकारले न्याय दिन नसकेको प्रति पनिकडा प्रहार गरेका छन्। 

न्यायमुलक समाज र समानताका लागि भएको १२ वर्षे द्वन्द्वपछिको सरकार हाँकेको कम्युनिस्ट पार्टीको सरकारको भनाइ र गराई व्यवहारलाई उनले चित्रमार्फत चोटीलो प्रहार गरेका छन्।

स्टालीन, माओ र लेनिन नेपालीले सजिलै चिन्ने कम्युनिस्ट नेता हुन्। चित्रमा उनीहरुको समयको त्रासदी पूर्ण क्षण पनि कलाकार सिग्देलले उतारेका छन्। पहेलो मुटु बाहिर निस्केको, राता मुख भएका, शिरमा खप्पर सजाइएको माओ, स्टालीन र लेनिनका चित्र क्यानभासमा कलात्मक रुपमा सजाइएको छ। कम्युनिष्ट पाटीले माक्र्सवादलाई सोफाको रुपमा मात्र उपयोग गरिएको व्यग्यात्मक माक्र्सको चित्र पनि प्रदर्शनीमा राखिएको छ। 

प्रदर्शनीमा मान्छेले जनावर प्रति गरेको राक्षेसी व्यवहार देखि पूर्व युवराज दिपेन्द्र शाहले मर्नु अघि देखेको अन्तिम सपनाको काल्पनिक चित्र पनि कलाकार सिग्देलले समेटेका छन्। इको अफ साइलेन्स नारा दिएको चित्रकला प्रदर्शनीमा उनले बनाएको मोनालीसाको चित्र पनि प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा पश्चिमाले मुस्लिम धर्मालम्बीलाई गर्ने व्यवहारका बारेका चित्र पनि समेटिएको छ।

प्रदर्शनीको वरिष्ठ कलाकार दुर्गा बरालले उद्घाट गरे। कलाकार बरालले सिग्देलका चित्र २१ औं शताब्दीका अन्तर्राष्ट्रिय चर्चित कलाकारको हाराहारीमा भएको बताए। उनले चित्रकला भनेको जे देख्यो त्यही जस्ताको त्यस्तै उतारर्ने मात्र हुनु नहुने बताए। 

सिग्देलका चित्रहरुले सामाजिक न्याय, आर्थिक,प्रकृतिका बारेमा मात्र होइन विश्व राजनीतिका बारेमा पनि आफ्नो विचार दिने खालका भएकोले उनका चित्र उत्कृष्ट रहेको बरालको भनाइ छ।

उनको चित्रको प्रशंसा गर्दै साहित्यकार भुपेनले चित्रकार सिग्देलका प्रयोगात्मक पेन्टिङले आफूलाई प्रभावित गरेको बताए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.