मनाङ मर्स्याङ्दी लयमा

मनाङ मर्स्याङ्दी लयमा

काठमाडौं : घरेलु फुटबलको सफल टोली काठमाडौं मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो लय समातेको छ। हल्चोकस्थित एपीएफ क्लबको मैदानमा शनिबार भएको पहिलो खेलमा मनाङले एनआरटी क्लबलाई २–० गोलले हरायो। मनाङको जितमा अञ्जन विष्ट र ओलावाले अफिजले गोल गरे।

दसैं र तिहारका कारण एक चरणको खेलपछि रोकिएको लिग शनिबारबाट सुरु भएको हो। मनाङले १७औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो। मनाङका अञ्जनलाई एनआरटीका मोहसुद ओएले डीबक्सभित्र फल खेलेपछि मनाङले पेनाल्टी पाएको थियो। उक्त मौकालाई अञ्जनले सही सदुपयोग गरे। खेलको म्यान अफ दी म्याच बनेका अञ्जनले १० हजार रुपैयाँ पुरस्कार पाए।

खेलको सुरुदेखि नै एनआरटीलाई दबाब दिएको मनाङले ३८औं मिनेटमा अर्को गोल थपेको थियो। मनाङका अनुभवी अफ्रिकी स्ट्राइकर ओलावाले डीबक्सभित्र एनआरटीका तीन रक्षकलाई छक्याउँदै एकल प्रयासमा गोल गरेका थिए। उक्त प्रहारलाई एनआरटीका गोलरक्षकलेसमेत बचाउन सकेनन्। मनाङले दोस्रो हाफमा पनि लगातार पोस्ट् प्रहारको मौका पाएको थियो तर थप गोल गर्न भने सकेन। युवा खेलाडीले भरिएको एनआरटीले गोल गर्नलायक कुनै पनि अवसर बनाउन सकेन।

मनाङले खेलको १०औं मिनेटमा अनुभवी खेलाडी प्रकाश बुढाथोकीलाई गुमाएको थियो। विपक्षीसँग ठोकिएर मैदानमा लड्दा प्रकाशको दायाँ हात भाँचिएको छ। उनी शनिबारबाटै मनाङबाट खेलेका थिए। टोलीका अर्का रोजाइका खेलाडी सुजल        श्रेष्ठको समेत हात भाँचिएका कारण मनाङलाई आगामी खेल गाह्रो हुने प्रशिक्षक सुमन        श्रेष्ठले बताए। ‘एनआरटीसँग सोचेजस्तो खेल्न सकेनौं। खेल जिते पनि लगातार पाएको मौका गुमाउनु कमजोरी भयो। तयारीका लागि राम्रो मैदान नहुँदा खेलमा तालमेल मिलेको छैन’, सुमनले भने।

एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले यू–१८ जुनियर खेलाडीले मनाङ जस्तो बलियो टोलीसँग सन्तोषजनक खेल खेलेको बताए। ‘टुँडिखेलमा गरेको तयारीले मैदानमा आएर खेल्न खेलाडीलाई गाह्रो भएको छ। लिग भए पनि क्लबका लागि तयारी गर्ने मैदान नहुँदा समस्या परेको छ’, महेश्वरले भने।

यसैगरी शनिबार भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई १–० गोलले हराएको छ। हल्चोकस्थित एपीएफ क्लबको मैदानमा भएको खेलमा आर्मीका लागि विकास खवासले २७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। च्यासलको तुलनामा बलियो देखिएको आर्मीले थप गोल गर्न सकेन।

राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर सन्तोष साहुखललाई टोलीमा समावेश गरेको च्यासलले आर्मीविरुद्ध केही राम्रा मौका बनाए पनि गोल फर्काउन सकेन। जापानको तेस्रो डिभिजनमा फुटबल खेलिरहेका सन्तोष तीन दिनअघि नेपाल आएका हुन्। १४आंै मिनेटमा च्यासलका अमिर श्रेष्ठको सशक्त प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले विफल पारिदिएका थिए। पहिलो हाफमा आर्मीका कप्तान भरत खवास पनि चुकेका थिए। ४९औं मिनेटमा च्यासलका सन्तोषको फ्रिकिक प्रहारलाई आर्मीका गोलकिपर विकेशले पुनः बचाएका थिए। जितसँगै आर्मीले दुई खेलबाट चार अंक बनाएको छ। समान खेलबाट च्यासलको एक अंक छ।

आजको खेल

मच्छिन्द्रविरुद्ध नेपाल पुलिस ११ः००

ब्रिगेडब्वाइजविरुद्ध थ्रीस्टार १४ः३०


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.