मन्त्री बन्न नेकपाभित्र दाैडधुप

मन्त्री बन्न नेकपाभित्र दाैडधुप

हेटौंडा : प्रदेश ३ को भौतिक पूर्वाधार तथा विकासमन्त्री बन्न तत्कालीन एमालेका प्रदेश सभा सदस्यहरू दौडधुपमा जुटेका छन्। नेकपाभित्र एमालेको भागमा रहेको उक्त पदबाट केशव स्थापित मुक्त भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले नै उक्त मन्त्रालय सम्हालिरहेका छन्।

पौडेलले राजधानीको विषय टुंगो लागेपछिमात्र मन्त्री नियुक्त गर्ने बताए पनि नेकपाका केन्द्रीय नेतासँग लबिङ सुरु भएको छ। बर्खास्त भएको दोस्रो दिनदेखि नै मन्त्री बन्न दौडधुपमा रहेका आकांक्षीहरू चाडपर्वले केही दिन निष्क्रिय रहे पनि राजधानीको विषय टुंगो लाग्ने तयारीसँगै तातेका हुन्। सबैभन्दा बढी बजेट भएको मन्त्रालय मन्त्रीविहीन हुँदा सरकारको काम नदेखिने भन्दै आफूलाई मन्त्री नियुक्त गर्न सिफारिस गरिदिन लबिङमा जुटेको बताइएको छ।

नुवाकोट २ (१) बाट निर्वाचित प्रदेश सांसद केशवराज पाण्डे लबिङमा सक्रिय हुनुलाई स्वाभाविक बताउँछन्। ‘अब मन्त्री नियुक्त गर्दा भुगोललाई पनि हेर्नुपर्‍यो’, उनले भने, ‘म मन्त्रीको प्रमुख दाबेदार हुँ, गुट उपगुटभन्दा पनि भुगोललाई हेरेर निर्णय हुन्छ भन्ने विश्वास छ।’ मकवानपुरकी प्रदेश सांसद मुनु सिग्देल पनि मन्त्रीको दौडधुपमा छिन्। ‘क्याबिनेटमा एक जना पनि महिला छैनन्, प्रदेश ३ मा समावेशीतालाई ध्यान दिइएको छैन’, उनले भनिन्, ‘सम्भावना भएरै लबिङमा छु।’

सांसद रामेश्वर फुँयालले पार्टीले भनेको मान्न तयार भएको बताए। काठमाडौं ३ (२) बाट निर्वाचित उनी पार्टीभित्र नेतृत्वसँग नजिकको सम्बन्ध राख्ने सांसदमध्ये पर्छन्। उनले भने, ‘म पनि मन्त्रीको दाबेदार हुँ तर पार्टीले जे भन्छ मान्न तयार छु।’

पार्टीभित्रको गुटलाई भन्दा भूगोललाई समेट्न सांसद्हरूको मुख्यमन्त्रीलाई सुझाव छ। दोलखाका सांसद् विशाल खड्काले भने, ‘गुट होइन भूगोललाई समेट्नुपर्छ, एउटै सहर र एउटै जिल्लाको मात्र मन्त्री बनाइनु हुँदैन।’ नेकपाका अध्यक्ष केपी शर्मा ओलीनिकट पौडेलले आफ्नो गुट बाहिरकालाई मन्त्री बनाउने सम्भावना न्युन छ। ‘राजधानीको विषयसँग मन्त्री पनि जोडिएकाले मुख्यमन्त्रीले राजधानी र मन्त्री पनि सँगसँगै टुंग्याउने सम्भावना छ’, मुख्यमन्त्रीनिकट एक प्रदेशसभा सदस्यले भने, ‘त्यसैले गुट बाहिरकालाई उहाँले मन्त्री बनाउने सम्भावना न्युन छ।’ पौडेलले भने स्थायी राजधानीको विषय टुंगो लागेपछि मात्र सबै क्षेत्रलाई ध्यानमा दिएर मन्त्री नियुक्त गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.