प्रकाश दाहालको स्मृतिमा फुटबल प्रतियोगिता

प्रकाश दाहालको स्मृतिमा फुटबल प्रतियोगिता

काठमाडौं : गत वर्ष निधन भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको स्मृतिमा दोलखामा ‘प्रकाश स्मृतिकप फुटबल प्रतियोगिता'को आयोजना गरिएको छ। 

रिनेजम नेपालले आयोजना गरेको प्रथम प्रकाश स्मृतिकप फुटबल  प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।  स्वर्गीय प्रकाश दाहालका पिता नेकपाका प्रचण्डले शनिबार दोलखा पुगी प्रतियोगिताको उद्घान गरेका हुन्। 

गत वर्ष मंसिर ३ गते हृदयघातका कारण प्रकाश दाहालको  निधन भएको थियो । स्वर्गीय दाहालको स्मृतिमा आयोजित प्रथम प्रकाश स्मृति कप – २०७५ को उद्घाटन गर्दै,  प्रचण्डले राष्ट्र पहिचान र स्वास्थ्यका लागि खेलको ठूलो महत्व रहेको धारणा  व्यक्त गरे । 

प्रतियोगिता मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ ।  राष्ट्रिय स्तरका क्लब एपीएफ र कुमारीसहित प्रतियोगितामा १२ टिम सहभागि छन् ।  उपाधि विजेतालाई २ लाख ५० हजार नगदसहित सिल्ड तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ । उपविजेताले १ लाख २५ हजार,  तेस्रोले र चथौं हुने टिमले ३०–३० नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजकले जानकारी दिएका छन्।

प्रथम प्रकाश स्मृतिकप फुटबल प्रतियोगिताका संयोजका मिनकुमार शिवाकोटीले हरेक वर्ष प्रतियोगिता आयोजना गरिने बताएका छन्।  सहआयोजक समेत रहेको दोलखा जिल्ला फुटल संघले प्रतियोगिता सञ्चालनको सबै जिम्मेवारी लिएको अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.