श्रीमानको स्मृतिमा बेलायती महिलाले म्याग्‍दीमा बनाइन् विद्यालय भवन

श्रीमानको स्मृतिमा बेलायती महिलाले म्याग्‍दीमा बनाइन् विद्यालय भवन

दाना (म्याग्दी) : एक जना बेलायती नागरिकले आफ्ना दिवंगत श्रीमानको स्मृतिमा म्याग्दीको दुर्गम गाउँमा विद्यालय भवन निर्माण गरेकी छिन्। तीन वर्षअघिको भूकम्पका कारण जीर्ण बनेको भवन पुननिर्माण भएपछि पठनपाठनमा सहज भएको छ।

९० वर्षीया बेलायती नागरिक काटलिन क्रोकिल स्पिनरले दिवंगत श्रीमानको स्मृतिमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको ज्ञानप्रकाश माविको भवन निर्माणमा आर्थिक सहयोग गरेकी हुन्।

बेलायतको पूर्व गोर्खा सैनीकहरूको पहलमा पहार ट्रस (कोष) नेपाल मार्फत स्पिनरले उपलब्ध गराएको ७२ लाख ११ हजार २१७ रुपैयाँ र विद्यालयको २५ लाख दश हजार ८७ रुपैयाँको लागतमा दुई तले आठ कोठे भवन निर्माण भएको छ।

२०७४ मंसिर ४ गते शीलन्यास गरिएको भवनको शनिबार पहार ट्रसका प्रतिनिधि हवार्ड ग्रेई एमबिई र उहाँकी श्रीमती सेनी ग्रेईले उद्घाटनका साथै विद्यालयलाई हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए। 

२०७२ बैशाखको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो। पानी चुहिने अवस्थाको कच्ची भवनमा जोखिम मोलेर पढ्नुपर्ने बाध्यता हटेकोमा विद्यार्थीहरू खुसी भएका छन्।

आठ कोठे भवन निर्माण भएपछि एक देखि १२ सम्म एकैपटक दिवा कक्षा सञ्चालन गर्न थालिएको छ। प्रधानाध्यापक शान्तबहादुर नेपालीका अनुसार यसअघि कक्षा कोठा अभावमा कक्षा ११ र १२ लाई बिहानी सत्रमा पढाउने गरिएको थियो।

कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हुने यस विद्यालयको शैक्षिक तथा भौतिक विकासमा यसअघि पनि प्रवासीहरुको करोडौं सहयोग भित्रिएको छ। दाना घर भई हाल बेलायतमा बस्नेहरू आवद्ध फ्रेण्ड्ली ब्रर्दश दाना सेरेफेरो युकेले दुई वर्षअघि ‘शिक्षा विकास अध्यक्षकोष’ मा एक करोड १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

प्रवासमा रहेका पूर्व विद्यार्थीहरुको सक्रियता र सहयोगका कारण विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुगेको ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताए। 

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा ३५८ जना विद्यार्थी छन्। यसअघि सरकारी निकाय र समुदायको सहयोगमा आठ कोठे, सात कोठे दुई वटा कक्षाकोठा र नौ कोठे छात्रावास भवन निर्माण भएको थियो। प्रवासीहरूको सहयोगमा खेलमैदान र प्रवेशद्धार निर्माण भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.