काम सिकाउँदै सफ्टवेयर इन्जिनियर

काम सिकाउँदै सफ्टवेयर इन्जिनियर

ललितपुर : ललितपुर महानगरपालिकाले वडाबाटै कर तिर्न सकिने व्यवस्था गरेको छ। २९ वटै वडामा आइतबारदेखि कर तिर्ने व्यवस्था सुरु भएको छ। तर पहिलो दिन विभिन्न समस्या आएपछि करदाता महानगर पुगेका थिए। वडामा कर लिने व्यवस्था गर्नुपूर्व कर्मचारीलाई सफ्टवेयर इन्जिनियरले तीन दिन तालिम दिएका थिए। पहिलो दिन नै काममा समस्या आएपछि १० जना इन्जिनियर वडामा पुगेर कर्मचारीलाई काम सिकाइरहेका छन्।

ललितपुर महानगरपालिकाको राजस्व प्रशासन महाशाखा प्रमुख डिल्लीराज शाक्यका अनुसार, पहिलो दिन धेरै नै समस्या आएको हो। वडामा कर तिर्न पुगेका जनतालाई विभिन्न समस्या आएको भन्दै महानगरमा पठाइएको बताए। ‘कुनै वडाले प्रिन्टरले सपोर्ट गरेन भने, कसैले कप्युटरले काम गरेन भन्दै यहाँ पठाए’, शाक्यले भने। आफ्ना वडामा कर दिन प्राविधिक समस्या आएको भन्दै कम्तीमा २५ वटा वडा अध्यक्षले फोन गरेको उनले बताए।

सबै वडाले यो काम गर्न नसकेको र एक साता परीक्षणकालका रूपमा काम गरिने उनको भनाइ छ। उनीहरूले यी तीनवटा कर लिन जान्ने भएपछि कुनै समस्या नआएमा सम्पत्ति कर पनि वडाबाटै तिर्न मिल्ने व्यवस्था गरिनेछ। नगरपालिकाको करसम्बन्धी सम्पूर्ण काम गर्दै आएको ‘सांग्रिला सफ्वेयर कम्पनी’ का इन्जिनियर वडाका कर्मचारीलाई काम सिकाइरहेका छन्। घरबहाल, व्यवसाय, मालपोत तथा व्यवसाय दर्तासम्बन्धी कर लिने व्यवस्था गरिएको हो।

पहिलो दिन नै काममा समस्या आएपछि १० जना इन्जिनियर वडामा पुगेर कर्मचारीलाई काम सिकाइरहेका छन्।

महानगरपालिकाका आर्थिक कमिटिका संयोजक तथा वडा २१ का अध्यक्ष रवीन्द्र महर्जनले घरबहाल, व्यवसाय, मालपोत तथा व्यवसाय दर्ता कर लिने काम सुरु गरिएको बताए। जनता टाढाबाट धाएर महानगरपालिकामा कर तिर्नु पुग्नुपथ्र्यो। ‘महानगरमा पनि घन्टौं लाइन बस्नुपर्ने बाध्यतालाई ध्यानदिँदै वडास्तरबाट यो कर तिर्न मिल्ने निर्णय भएको हो।’ शुक्रबारको बोर्ड बैठकले वडाबाट कर तिर्नपाउने निर्णय गरेको हो। सबैभन्दा पहिला आर्थिक समितिको प्रतिवेदन तयार बनाएको र कार्यदल तयार गर्दै कार्यपालिकाबाट यो निर्णय पारित भएको छ।

यो काम सुरु गर्नुभन्दा पहिला वडाका कर्मचारीलाई तीन दिनसम्म तालिम दिइएको र सबै वडामा इन्टरनेटको व्यवस्था गरीएको थियो। वडाबाट नै कर लिन थालेपछि आउँदो आर्थिक वर्षमा लक्ष्यअनुसार कर संकलन हुने अपेक्षा गरिएको महर्जनले बताए। ‘वडाबाट काम भएपछि करको दायरामा सबैले आउन बाध्य हुनेछन’, महर्जनले भने। महानगरपालिकामा दिनहँु कम्तीमा चार सय जना कर तिर्न आउने गरेको राजस्व प्रशासन महाशाखाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.