कोइराला परिवारको जस्तै अब कांग्रेसको पनि झगडा मिल्छ : देउवा

कोइराला परिवारको जस्तै अब कांग्रेसको पनि झगडा मिल्छ : देउवा

विराटनगर : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्रकै कोइरालाहरू मिलेजस्तै पार्टी पनि एक ढिक्का हुने बताएका छन्। कोइराला परिवारमा झगडा सकिए झैं कांग्रेसमा पनि झगडा सकिने देउवाको भनाइ थियो।

नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलन देउवाले भने, ‘उहाँहरु मिलेजस्तै कांग्रेस पनि अब एक ढिक्का हुन्छ। मेरो प्रयास पनि यही हो।’ मंसिर २ गते महामन्त्री डा. शशांक कोइरालम, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगरको कोइराला निवासमा एउटै कार्यक्रममा भेला भई एकताको सन्देश दिएका थिए।

‘परिवार मिल्नु, गाउँ मिल्नु र जिल्ला मिल्नु झन् राम्रो हो,’ कोइरालाहरू एक हुँदा आफू नअत्तालिएको बताउँदै देउवाले भने, ‘यो मिलनले अब पार्टी पनि मिल्छ भन्ने संकेत दिएको छ।’ पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापति देउवाकै छेउमा बसेका थिए।

देउवाले पार्टीभित्र नेताहरूबीच नै बोलचालसमेत नहुने गरेको सुनेर आफू पनि छक्क परेको बताउँदै प्रतिप्रश्न गर्दै भने, ‘कुन घरमा झगडा छैन् ? एउटै घरमा त झै–झगडा हुन्छ भने पार्टी पनि एउटा ठूलो जीवन भएको संस्था किन हुँदैन ?’ कोइरालाको घरमा भएको झगडा सकिए झैं अब कांग्रेसभित्रको पनि सकिने बताउँदै उनले पार्टीमा मतभेद हुनु सामान्य भएको चर्चा गरे। पार्टी संचालन गर्नु कठिन काम भएको देउवाको भनाइ थियो।

देउवाले पार्टीमा रहेको समूह, उप–समूह,उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायल कायल भएको सुनाए। पार्टीमा एक भएको फोरम लोकतान्त्रिक मिलाउने क्रममा उप–सभापति मनोनयन गर्नु राजनीतिक निर्णय भएको त्यो विधान नमिचिएको दाबी गर्दै देउवाले भने, ‘मैले सकेसम्म मिलाउने प्रयास गरेको छु। यो राजनीतिक निर्णय हो।’

नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै देउवाले महासमिति बैठक नसर्ने बताए।

देउवा-कोइराला छुट्टै भेट

विराटनगरको जेनियल होटेलमा बसेका देउवासँग केन्द्रीय सदस्य डा. शेखर कोइरालाले छुट्टै भेटेका छन्। होटलमा पार्टी सभापतिसँग भेटघाट गर्न पुगेका कोइरालाले पार्टीको गतिविधिको विषयमा छलफल गरेको बताए। भने, ‘पार्टीका गतिविधिकै विषयमा छलफल भयो।’ देउवा पार्टीले विराटनगरमा आयोजना गरेको प्रदेश १ स्तरीय छलफलमा सहभागी हुन आएका हुन्। महासमितिमा पेश हुने राजनीतिक विषयबारे पार्टीले सुझाव लिन छलफल आयोजना गरेको पार्टीका मोरङ सभापति डिगबहादुर लिम्बूले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.