सन्दिपले पाकिस्तान सुपर लिग खेल्ने, ५० हजार डलर पारिश्रमिक
काठमाडौँ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) पनि खेल्ने पक्का भएको छ । लामिछाने पाकिस्तान सुपर लिगको अन्तिम छनोटका क्रममा लाहोर क्वालेन्डर टिममा अनुबन्धन भएका हुन् ।
पाकिस्तानको इस्लामाबादमा जारी खेलाडीहरुको अन्तिम अनुबन्धनमा विश्वभरका ३७१ क्रिकेटरलाई सहभागी गराइएको थियो । सुरुवाती सूचीमा परेका खेलाडीबाट अन्तिम सूची तयार गरिएको हो ।
नेपाली स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिगको गोल्डेन क्याटेगोरी र सोमपाल कामी सिल्भर क्याटेगोरीमा परेका थिए । फेब्रुअरी १७ देखि पाकिस्तान सुपर लिग (पीएसएल) सुरु हुँदैछ ।
अक्सनबाट छनोट भएका सन्दीप लामिछानेले ५० हजार डलर पारिश्रमिक पाउने पक्का भएको छ । सन्दीप छनोट भएको समाचारको विस्तृत विवरण आइसकेको छैन ।
सन्दीपले यसअघि आईपीएल, क्यारेबियन प्रिमियर लिग, क्यानेडियन लिग र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । गत संकरणमा सन्दीप ड्राफ्टमा परेर पनि छनोट भएका थिएनन् ।