विमल फेरि बेल्जियम जाने

विमल फेरि बेल्जियम जाने

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर व्यावसायिक फुटबलको ट्रायल दिन बेल्जियम जाने भएका छन् । छिट्टै बेल्जियम जान लागेका विमलले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासल पनि छाडिसकेका छन् । विमल मंगलबारदेखि नै च्यासलको प्रशिक्षणमा नआएको टोलीका प्रशिक्षक राजुकाजी शाक्यले बताए ।

 विमलले आफू बेल्जियम जान लागेका कारण फुकुवा मागेकोले उनलाई स्वीकृति दिएको क्लबले जनाएको छ । विमलले यसअघि पनि बेल्जियमको आरएससी एन्डरलेच्टबाट खेलेका थिए । उनले स्पेनको मार्वेला युनाइटेड क्लबमा पनि ट्रायल दिएका थिए । मार्वेलामा भने उनी असफल भएका थिए । विमललाई च्यासलले चाहेको बेला फुकुवा हुन पाउने सर्तमै अनुबन्ध गरेको थियो।

विमलको अनुपस्थितिले पहिलो पटक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासललाई केही गाह्रो पर्ने देखिएको छ । ‘टोलीमा भर्खर मात्र स्ट्राइकर सन्तोस साहुखललाई अनुबन्ध गरेका छौं । स्ट्राइकिङ लाइनमा अन्य विदेशी खेलाडी पनि राख्ने तयारी छ,’ प्रशिक्षक शाक्यले भने । च्यासल ‘बी’ डिभिजनको विजेता बन्दै गत वर्ष ‘ए’ डिभिजनका उक्लिएको हो ।

लिगमा दुई खेल खेलेको च्यासलले आफ्नो पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । च्यासल दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग १-० गोलले पराजित भएको थियो । लिगमा एक अंक बनाएको च्यासल अहिले तालिकाको नवौं स्थानमा छ ।

लिगमा दोस्रो चरणको खेल सकिँदा शीर्ष स्थानमा रहेको थ्रीस्टारको ६ अंक छ । समान ६ अंक बनाएको मनाङ मस्र्याङ्दी र संकटा क्लब गोलअन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । त्रिभुवन आर्मी, एपीएफ, पुलिस र हिमालयन सेर्पाले चारचार अंक बनाएका छन् । दुई बराबरी खेलेको मच्छिन्द्रको दुई अंक छ । एनआरटीले एक अंक बनाएको छ भने फ्रेन्ड्स, सरस्वती, जाउलाखेल र ब्रिगेड ब्वाइज क्लबले खाता खोल्न सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.