स्याउबाट ‍१७ करोड भित्रियो

स्याउबाट ‍१७ करोड भित्रियो

जुम्ला : जुम्लामा यस वर्ष स्याउबाट १७ करोड रकम भित्रिएको छ। आर्थिक वर्ष ०७५/०७६ को भदौदेखि कार्तिकसम्म व्यापारीले जिल्लाबाट १७ करोड बढीको स्याउ निर्यात गरेका हुन्। यस वर्ष स्याउ बेचेर जिल्लाका प्रति स्याउकृषकले पाँच हजारदेखि १० लाखसम्म आम्दानी गरेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाकाअनुसार जिल्लामा झण्डैं ३४ सय टन बढी स्याउ उत्पादन भएकोमा २३ सय टन बढी स्याउ निर्यात भैसकेको छ। जसमध्ये पहिलो पटक ठूलो परिणाममा दुई टन फुजी स्याउ निर्यात भएको हो। 

जिल्लाका आठवटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब तीनसयजना व्यापारीले अनुमति लिएका थिए। स्थानीय तहले प्रति किलो स्याउ निर्यातको ५० पैंसाका दरले अनुमति दिँदा लाखौं कर संकलन गरेका छन्। भने स्याउ व्यापारीले सरदरमा प्रतिकेजी ५० रुपैयाँका दरले कृषकबाट स्याउ खरिद गरेका थिए।

जिल्लाबाहिर काठडौ, नेपालगंज, सुर्खेत, विराटनगर, पोखरा महेन्द्रनगरलगायत देशका प्रमुख व्यापारिक सहरमा जुम्ली स्याउ निर्यात भएको छ। काठमाडौं भाटभटेनी सुपरमार्केटमा जुम्लामा प्रतिकेजी ५० रुपैयाँले खरिद भएको स्याउ एक सय ५० रुपैयाँ र प्रतिकेजी दुई सयसम्मले खरिद भएको फुजी स्याउ तीन सय रुपैयाँमा बिक्री भैरहेको छ।

जिल्लामा उत्पादन हुने ठूलो दाना स्याउ बिक्री गरिन्छ, भने साना दाना भएको स्याउको जाम, जेली, जुस, साइटर स्याउ चाना र स्याउको मदिरा समेत बनाएर बिक्री गर्ने गरिएको छ।  

बिरुवा बढे, तर उत्पादन बढेन 

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लाको कुल ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेती भैरहेको छ। गत वर्ष ३७ सय टन स्याउ निर्यात भएको थियो, त्यो यसवर्ष भन्दा बढी हो।जुम्लाका कुल १८ हजार घरधुरीमध्ये करिब १४ हजार घरमा स्याउ बगैचा छन्। हरेक वर्ष स्याउका बिरुवा बढ्दै छन् । तर बिरुवाको अनुपातमा भने स्याउ उत्पादन घट्दै गएको छ।

अहिले  तीनवटा बिरुवाले दिने उत्पादन बराबर विगत चार वर्ष पहिले एउटा बिरुवाले उत्पादन दिने गरेको स्याउ कृषक जयप्रसाद गौतमले बताए। यस वर्ष स्याउ उत्पादन सोचेअनुसार नभएको स्याउ सुपरजोनका बरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले बताए।उनले भने, 'स्याउ फुल्ने समयमा असिना पर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र विभिन्न रोगका कारण स्याउ उत्पादन घटेको हो।'

जिल्लामा स्याउ उत्पादन गर्ने कृषकको संख्यामा वृद्धि हुँदै गए पनि स्याउ उत्पादन भने वर्षेनी घट्दै गएकाले स्याउ किसान पनि चिन्तामा परेका छन्।कृषि ज्ञान केन्द्रका कृषि विज्ञ बालकराम देवकोटाका अनुसार कृषकले स्याउ उत्पादनसम्बन्धी प्रयाप्त ज्ञान, सीप तथा सामाग्री पाए पनि व्यवहारमा कार्यान्वयन नगर्दा समस्या भएको छ।

कतिपय स्याउ बगैचामा बारबन्देज लगाउने कार्य हुन नसक्दा पनि स्याउ उत्पादन बढ्न सकेको छैन। विशेषगरी यस वर्ष जिल्लाको चौधबिस क्षेत्रमा परेको असिना पानी र अन्य ठाउँमा चलेको ठूलो हावा हुरीले स्याउ उत्पादन घटेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.