रियल मड्रिडको नमिठो हार, इबारसँग ३-० गोलले पराजित

रियल मड्रिडको नमिठो हार, इबारसँग ३-० गोलले पराजित

एजेन्सी : स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमाा रियल मड्रिडले नमिठो हार हार ब्यहोरेको छ । रियलले इबारसँग रियल ३-० को पराजय भोग्न बाध्य भएको हो ।

नयाँ सिजनसँगै खराब प्रदर्शनकै कारण रियल मड्रिडले प्रशिक्षकलार्इ चार महिनामै बर्खास्त गरेको थियो ।  एकपछि अर्को हार भोगेपछि रियलले प्रशिक्षक जुलेन लोपेटेग्युर्इलार्इ बर्खास्त गरेर टिमको जिम्मा सान्टियागो सोलारीलार्इ दिएको थियो । 

तर सोलारी कोचमा नियुक्त भएपछिको पहिलो खेलमै रियलले नमिठो पराजयो भोग्यो । लिगको सातौँ स्थानमा रहेको इबारले लिगको छैटौँ स्थानमा रहेको रियलविरुद्ध खेलको १६ औं मिनेटमा अग्रता बनायो । 

इबारका लागि पहिलो गोल इस्कालान्टाले गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको रियल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । उसले दोस्रो हाफमा थप दुई गोल खानुपर्यो । 

रियलविरुद्ध इबारका सर्जी इनरीचले ५२ औं मिनेटमा गोल गर्दै अग्रता २-० मा पुर्याए । त्यसलगत्तै ५७ औं मिनेटमा किकीले गोल गरेपछि इबारले अग्रता ३-० मा पुर्यायो । 

क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएसँगै लय गुमाएको रियलले नयाँ सिजनको ला लिगामा योसहित पाँचौ हार व्यहोरिसकेको छ। रियलले १३ खेलबाट २० अंक जोडेको छ भने विजयी इबारले समान खेलबाट १८ अंकसहित रियल भन्दा एकस्थान तल छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.