लोक सेवा अायाेग भर्नेमा महिला बढी

लोक सेवा अायाेग भर्नेमा महिला बढी

काठमाडौं : लोकसेवा आयोगमा दरखास्त दिनेमा पुरुषभन्दा महिलाको संख्या बढेको छ। आर्थिक वर्ष २०७४/७५ मा पुरुषभन्दा २६ हजार ५ सय ५५ बढी महिलाले आवेदन दिएका छन्। जम्मा ५ लाख ६७ हजार ८ सय ५३ आवेदन परेको छ। तीमध्ये २ लाख ९६ हजार ७ सय ४ महिला छन्। पुरुष २ लाख ७१ हजार १ सय ४९ छन्।

केही दिन अघिमात्रै सेवा निवृत भएका लोक सेवा आयोगका सदस्य डा. गोविन्दप्रसाद कुुसुमले तीन/चार वर्षदेखि फारम भर्ने महिलाको संख्या बढिरहेको जानकारी दिए। २०७४/७५ मा खुला प्रतिस्पर्धामा नै १ लाख २८ हजार ३ सय ६० महिलाले आवेदन दिएका थिए। समावेशीतर्फ महिला कोटामा १ लाख १९ हजार ६ सय २२, आदिवासी कोटामा २८ हजार १ सय २१, मधेसी कोटामा ११ हजार २ सय ४५, दलित कोटामा ४ हजार ६ सय ३१, अपांग कोटामा २ हजार ६ सय ६९ महिलाले आवेदन दिएका थिए।

लोक सेवा आयोगका सूचना अधिकृत देवीप्रसाद सुवेदीले लोक सेवामा आवेदन दिने महिलाको संख्या बर्सेनि बढ्दै गएको बताउँछन्। आयोगका अनुसार स्वास्थ्यतर्फ चौथो तह (खरीदारसरह) मा ६८ हजार ८ सय महिलाले फाराम भरेका छन्। ३१ हजार १ सय ७२ पुरुषको आवेदन परेको छ।

राजपत्र अनंकित द्वितिय श्रेणी (खरीदार) मा महिला र पुरुषको आवेदन बराबर परेको छ। यसमा ९९ हजार ३ सय ५७ पुरुष र ९९ हजार ४ सय ४५ महिलाको आवेदन परेको छ। स्वास्थ्यतर्फ नै पाँचौं तह (नासुसरह)मा २२ हजार ६३ महिला र १२ हजार २ सय ७० पुरुष, राजपत्र अनंकित प्रथम श्रेणी (नासु) मा ६४ हजार ६ सय १५ महिला र ७२ हजार २ सय ६९ महिलाले फारम भरेका छन्।

सातौं (अधिकृतसरह) तह मा ६ हजार ७ सय ४४ महिला र १ हजार ७ सय ४५ पुरुष, आठौं तहमा २ हजार ६ सय ७१ महिला र ३ हजार ७ सय १४ पुरुषको आवेदन परेको आयोगले जनाएको छ।

अधिकृतस्तरमा पनि महिलाहरुको उल्लेख्य आवेदन परेको छ। राजपत्रांकित तृतिय श्रेणी (शाखा अधिकृत) मा ७४ हजार ८९ आवेदन परेकोमा ३० हजार ४ सय ५३ महिला छन्। स्वास्थ्यतर्फ नवौं तहमा पुरुषभन्दा महिलाको आवेदन बढी परेका छन्। कुल ४ सय १८ जनामध्ये २ सय १९ महिलाको आवेदन परेको छ भने १ सय ९९ पुरुषले मात्र दरखास्त दिएका छन्।

२०७२/७३ र २०७१/७२ मा पनि लोकसेवाको फारम भर्नेमा महिलाको संख्या धेरै थियो।

राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) मा १ हजार ४ सय ६३ महिला र ५ हजार ३ सय ६८ पुरुष गरी ६ हजार ८ सय ३१ आवेदन परेको थियो। स्वास्थ्यतर्फ एघारौं तहमा ३१ जना महिला र ९५ पुरुषको आवेदन परेको छ। राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) मा २ सय ८८ महिला र १ हजार ५ सय ३४ पुरुषको आवेदन परेको थियो।

२०७२/७३ र २०७१/७२ मा पनि लोकसेवाको फारम भर्नेमा महिलाको संख्या धेरै थियो। २०७३/७४ मा भने पुरुष संख्या झिनो बढी छ। आयोगका अनुसार आवेदन दिनेमा महिलाको संख्या बढी भए पनि उत्तीर्ण हुनेमा पुरुष नै धेरै छन्।

२०७४/७५ मा सहायक स्तरमा २ हजार १ सय ४० र अधिकृत स्तरमा ३ सय २५ गरी २ हजार ४ सय ६५ महिला उत्तीर्ण भएका छन् भने सहायक स्तरमा ४ हजार २ सय ८९ र अधिकृत स्तरमा ९ सय ६४ गरी ५ हजार २ सय ५३ पुरुष उत्तीर्ण भएका छन्।

आयोगका पूर्वसदस्य डा.कुसुम महिला आर्कषण बढ्नुको मुख्य कारण सचेतना रहेको बताउँछन्। ‘महिलामा हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जागृत भएको छ’, उनले भने। जागिरको ग्यारेन्टी, घर परिवार, छरछिमेक, गाउँमा हुने प्रतिष्ठाले निजामती सेवामा महिला प्रवेश बढिरहेको उनको भनाइ छ। २ वर्षको बच्चा माइतीमा राखेर लोक सेवा उत्तीर्ण गरेका महिलासमेत रहेको उनले बताए।

‘अहिले फारम भर्नेको संख्या बढेको छ’, उनले भने, ‘भोलि पास हुनेको संख्या पनि बढ्नेछ, मेरो अनुभवले त्यही भन्छ।’ घरायसी जिम्मेवारीका कारण मेहनत गर्ने समय नपाउँदा पनि महिलाले फारम भर्ने धेरै भए पनि उत्तीर्णमा केही कमी देखिएको उनको अनुभव छ। ‘घर पनि हेर्नु पर्‍यो, बालबच्चा पनि। यस्तोमा त यति राम्रो छ’, उनले भने, ‘पुरुषले ढुक्कसँग पढ्न पाउँछन्, त्यसैले उनीहरू अलि धेरै उत्तीर्ण हुन्छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.