दक्षिण एसियाली शारीरिक सुगठनमा नेपालका उमेश च्याम्पियन

दक्षिण एसियाली शारीरिक सुगठनमा नेपालका उमेश च्याम्पियन

काठमाडौं : प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ। नेपालका उमेश राई दक्षिण एसियाका आठवटै राष्ट्रका खेलाडीलाई पछि पार्दै च्याम्पियन बने। उनले ७५ केजी तौलसमूहमा पहिलो स्थान हात पार्दै अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका थिए।

एसियाली शारीरिक सुगठन फेडरेसनको आयोजनामा भएको च्याम्पियनसिपमा दक्षिण एसियाका आठ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपको ६० केजी तौलसमूहमा श्रीलंकाका राजाकुमारन पहिलो भए। यसैगरी श्रीलंकाकै कोलिन उदयकुमारन दोस्रो र नेपालका सुपेन्द्र डंगोल तेस्रो भए। ६५ केजीमा भारतका एसके आरिफ पहिलो, नेपालका रोजेन वज्राचार्य दोस्रो र श्रीलंकाका जीजीएन विक्रमले तेस्रो स्थान हात पारे।

राष्ट्रिय सभागृहमा भएको च्याम्पियनसिपको ७० केजी तौलसमूहमा नेपालका रामबहादुर दाहाल पहिलो भए। बंगलादेशका एमडी अलअमिन र मिठ्ठु चोकदरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए। ७५ केजीमा बंगलादेशका एमडी उदिन र अब्बु सैयदमौल्ला दोस्रो र तेस्रो भए। ८० केजीमा बंगलादेशका सुमनचन्द्र दासले पहिलो स्थान हात पारे। यो स्पर्धामा नेपालका अनुज मास्के र ललित धिमालले दोस्रो र तेस्रो स्थान हासिल गरे।

यसैगरी पुरुष एक सय ७१ सेन्टिमिटर मुनिको उचाइ समूहको फिजिक्समा बंगलादेशका एमडी इमरानुल र आरिफ चौधरीले पहिलो र दोस्रो हुँदा नेपालका पारस ताम्राकारले तेस्रो स्थान हासिल गरे। पुरुष एक सय ७१ सेन्टिमिटर भन्दामाथि समूहमा नेपालका रमेश श्रेष्ठ पहिलो भए। नेपालकै सम्यक उदास र विनोद परियार दोस्रो र तेस्रो भए।

यसैगरी महिला फिटनेसमा नेपालकी शोभा मानन्धरले पहिलो स्थान हात पारिन्। यही स्पर्धामा नेपालकै पूजा गुरुङ दोस्रो, पम्फा राई तेस्रो र पूजा श्रेष्ठ चौथो स्थानमा रहे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.