देउताको नाममा ज्ञान पाएकाको मूर्ति व्यापार चम्किँदै

देउताको नाममा ज्ञान पाएकाको मूर्ति व्यापार चम्किँदै

जुम्ला : चन्दननाथ नगरपालिका- ४ सिंगाचौरका भक्तबहादुर सार्कीको मूर्ति व्यापार फस्टाउँदै गएको छ।उनले बनाएका मूर्तिको स्वदेश तथा विदेशसम्म माग बढेपछि व्यापार पनि फस्टाउँदै गएको हो।

५६ वर्षीय मूर्तिकार सार्कीले विगत दुई वर्षदेखि कल्पना गरेकै आधारमा विभिन्न आकृतिका मूर्तिहरु बनाउँदै आएका छन् । कुनै पनि तस्बिर नहेरी काठबाट विभिन्न जनावर, चराचुरुङ्गीका आकृति र मठमन्दिरका मूर्तिहरू उनले बनाउँदै आएका छन्।
  

अहिलेसम्म कुनैपनि तालिम नलिएर परम्परागत औजारको सहायताले नै मूर्तिहरू बनाउने गरेको उनले बताए। 'सपनामा देखेको तस्बिर समेत काष्ठकलामा परिणत गर्नसक्छु, त्यसैले मैले बनाएका मूर्तिको अहिले स्वदेश तथा विदेशमा माग बढ्नुका साथै राम्रो आम्दानी भइरहेको छु', उनले भने, 'पूर्खाले गरेको डकर्मी पेशाभन्दा म काष्ठकलाबाट सन्तुष्ट छुँ।'

पूर्खाले सिकाएको डकर्मी पेशा छाडेर आफूलाई सहज लाग्ने काष्ठकला पेशा उनले आफै रोजेका हुन्।उनले भने, 'केही वर्ष पूर्खाले गरेको डकर्मी पेशा गरेँ, त्यसमा धेरै मेहनत गर्नु पथ्र्यो, घरपरिवार चलाउन पनि धौधौ थियो, तर अहिले सहज छ।

अहिलेसम्म करिब २० लाख मूल्य बराबरका मूर्ति बेचिसकेको उनले बताए। अहिले उनको आम्दानीको मुख्य स्रोत नै मूर्ति व्यापार बनेको छ। त्यसैको आम्दानीबाट उनले छोरा-छोरी पढाउनुका साथै घरखर्च चलाउँदै आएका छन्। 

काठमा आकृति बनाउँदै आएका मूर्तिकार सार्कीले राष्ट्रिय जनावर गाई, पंक्षी डाँफे, शान्तिको प्रतिक परेवा, च्याखुरा, काग, कालिज, चिल, मयुर, बाघ, सिंह, हनुमान, सरस्वतीलगायत सयौँ प्रकारका देवीदेवताका मूर्तिहरु बनाइ सकेका छन्।

उनले घरेलु विकास समितिमा काष्ठकला उद्योग समेत दर्ता गरेका छन् । काष्ठकलामा लागेपछि उनी घरेलु तथा साना विकास उद्योगदेखि सरकारबाट पुरस्कृत समेत भएका छन्।
   
यसरी बनाउन थाले मूर्ति

कलाको ज्ञान उनी सपनाबाट लिन्छन् भन्दा अनौठो लाग्छ। 'राति सपनामा देखेको तस्बिर हुबहु काष्ठकलामा उतार्छु', उनले भने, 'मलाई काष्ठकलाप्रति उत्प्रेरित गर्न सपनामा आएर देवीदेवताले ज्ञान दिएका हुन्।'

यो पेशा थाल्नुअघि उनले कुनै निकायबाट तालिम लिएका थिएनन् । सपनामा देखेको चित्र विपनामा उतार्ने गरेको उनी बताउँछन् । उनका अनुसार केही महिना उनले घरी घरी मूर्ति बनाइरहेको सपना देख्न थाले। त्यसपछि उनले यहाँका ठूला देवीदेउतासँग आफ्नो समस्या दर्शाए। धामिझाँर्कीले उनको त्यो कुरा सुनेपछि काष्ठकलामै लाग्न उनलाई सुझाए।

देउताले काष्ठकला बनाउनू भनेपछि उनले पहिलोपटक सपनामै देखेको चित्र राष्ट्रिय जनावर गाई बनाएर बजार परिक्रमा गराएका थिए। त्यतिखेर उनको त्यो सीप देख्नेजति सबै दंग परे। स्थानीयदेखि राष्ट्रिय, अन्तराष्ट्रिय मिडियामा समेत उनको सीपको प्रचारप्रसार भयो।अचेल पहिलो पटक बनाएको त्यही गाईको मूर्तिलाई उनी हरेक दिन पूजा गर्दछन्।

'गाईको मूर्तिलाई १५ हजार दिने ग्राहक पनि जुटेका थिए, तर त्यो मूर्ति बिक्री गरिनँ', उनले भने, 'सपनामा देखिएका देउताका कारण पहिलोपटक बनाएको काष्ठकला बिक्री गर्न मनले मानेन, त्यसैले त्यो आकृतिको नियमित पूजा गर्दै आएको छु।'

पछिल्लो समय उनी सक्रियरुपमा मूर्ति बनाउन लागि परेका छन्।बिक्रीका लागि बजार खोज्नु परेको छैन। स्थानीय मूर्ति किन्न उनको घरमै पुग्ने गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.