ट्राभल सिक हुन्छ, विदेश भ्रमणमा रुची छैन : चिरिबाबु महर्जन

ट्राभल सिक हुन्छ, विदेश भ्रमणमा रुची छैन : चिरिबाबु महर्जन

ललितपुर : जनप्रतिनिधि भएर सबैभन्दा धेरै विदेश भ्रमण गरेको भन्दै आलोचना खेपेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले 

 २६ देशको भ्रमण रद्ध गरेको बताएका छन्। 

आइतबार पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्। सञ्चार माध्यमले आफ्नो भ्रमणलाई बढाइचढाई गरेको आरोप उनले लगाए। महर्जनले आफूले ९ पटक विदेश भ्रमण गर्दा मिडियाले ११ पटक लेखेको आरोप लगाए। 

मेयर महर्जन भियतनामा भएको सिटीनेटको ३७ औँ बैठकमा भाग लिएर शुक्रबार राति नेपाल आइपुगेका हुन्।  मिडियाले आफनो भ्रमणलाई नकारात्मक रुपमा प्रचारबाजी गरेको भन्दै सबै भ्रमणमा महानगरको एक रुपैयाँ खर्च नभएको उनले बताए। ‘मिडियामा आएका कुरा बढाइचढाई छन्।’  

आइतबार आफ्नो भ्रमणको तालिका सुनाउँदै उनले विदेश जान आफू लालायित नभएको प्रष्ट पारे। उनले क्यानाडा, अमेरिका, बेलायतलगायतका २६ मुलुकको भ्रमण रद्ध गरेको दाबी गरे। 

‘भ्रमणमा बिल्कुलै रुची छैन, ट्राभल सीक हुन्छु’ महर्जनले भने, ‘तर जति पनि भ्रमण गरेँ, ती सबैमा आफू नगई नहुने अवस्था थियो।’ 

अनुमति नलिई विदेश गएको भन्दै आलोचना भएकोप्रति उनले आपत्ति जनाए। सँगै महर्जनले संघीयतापछि स्थानीय तहमा अधिकार पुगेकामा जनाता खुशी भए पनि संघीय सरकारको मानसिकता त्यस्तो नभएकोप्रति समेत आपत्ति जनाए। 

अहिलेसम्मको अन्तिम भ्रमणका लागि भियतनाम जान सरकारले अनुमति नदिएको भन्दै उनले संघीय सरकारसँग आपत्ति प्रकट गरेका हुन्। 

‘स्थानीय तहलाई अधिकार दिने भने पनि अंकुश लगाएको छ’, उनले भने, ‘मेरो भ्रमणको बारेमा सरकारलाई पत्र लेखेँ तर जवाफ आएन।’ मेयर महर्जनको भ्रमणलाई कार्यपालिकाको बोर्ड बैठकले पारित गरेपछि दोस्रो पटक भियतनाम पुगेका थिए। 

भ्रमण १
पहिलो भ्रमणमा जापान पुगेका महर्जन ‘आपतकालीन उद्धार तथा राहत’ सम्बन्धी सेमिनारमा सहभागी भएका थिए। उनी अर्को कार्यक्रमका लागि उतैबाट कोरिया पुगे। जहाँ ‘स्मार्ट सिटी’ सम्बन्धि अवधारण प्रस्तुत गरेका थिए।

भ्रमण २ 
दोस्रो भ्रमण म्यानमारका लागि थियो। उनले त्यहाँ रंगुनका मेयरसँग भेट गरे। उक्त भेटमा ललितपुरको विकासका लागि स्मार्ट सिटी, फलाई ओभर बनाउने विषयमा कुरा भयो।

भ्रमण ३
तेस्रो भ्रमणमा श्रीलंका पुगे। उनी त्यहाँ १३० भन्दा धेरै शहरको नेटवर्क (सिटी नेट) परिषद्को निर्वाचनमा सहभागी भएर अन्तराष्ट्रिय मेयर फोरमका कार्यकारी सदस्य चुनिए। यस भ्रमणपछि महानगरका तीन विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याबसहित ९० कम्प्युटर उपलब्ध गराएका बताए। 

भ्रमण ४
चौथो भ्रमणमा पुन कोरीया पुगे। स्मार्ट सिटी सम्बन्धि बैठकमा पुगेका उनले कोरीयाको  राजधानी सिउलको विकास हेरेर प्रभावित भएको बताए। 
भ्रमण ५
पाँचौ भ्रमणमा पुनः जापान पुगे। वातावरण राज्यमन्त्रीको निमन्त्रणामा उनी दोस्रो पटक जापान पुगेका थिए। यही भ्रमणपछि ललितपुरलाई कलात्मक शहर बनाउने प्रेरणा मिलेको उनको भनाइ छ।

भ्रमण ६
छैटौं भ्रमणमा उनी मकाउ हुँदै चीनको चेङ्दु पुगे । महर्जन चीन सरकारको निमन्त्रणमा त्यहाँ पुगेका हुन्। विकास र वातावरणको विषयमाा छलफल भएको कार्यक्रममा १३  मुलुकका मेयर उपस्थित थिए। 

भ्रमण ७ 
सातौ भ्रमण मंगोलिया सरकारको निमन्त्रणामा भयो। उनले त्यहाँ ९ देशका मन्त्री सहभागी वातावरण सम्बन्धी कार्यक्रममा उपस्थिति जनाएका थिए। 

भ्रमण ८ 
उनको आठौ भ्रमण भियतनाममा सिटी नेट कार्यकारिणी सदस्यको हैसियतमा भएको थियो। यस भ्रमणपछि गोदावरी, महालक्ष्मी तथा नेपालगञ्ज नगरपालिका सँगै भूकम्प प्रविधि समाज (एनसेट) लाई महर्जनले सिटी नेटको सदस्य बनाए। 

भ्रमण ९ 
उनको नवौ भ्रमण पनि भियतनामका लागि थियो। यस भ्रमणबाट सिटी नेटको ३८ औं बैठक ललितपुरमा गर्ने सम्झौता भयो। मेयर महर्जनले यसलाई उपलब्धिमुलक भ्रमण मानेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.