ला लिगामा बार्सिलोनाको शीर्ष स्थान खोसियो
एजेन्सी : स्पेनिस ला लिगामा बार्सिलोनाको शीर्ष स्थानका गुमेको छ । आइतबार राति भएको खेलमा सेभिल्लाले रियल भल्लाडोलिडमाथि १–० को जित निकाली ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिन सफल भएपछि बार्सिलोनाको शीर्ष स्थान खोसिएको हो ।
यसअघि तेस्रो स्थानमा रहेको सेभिल्लालाई जित दिलाउनका लागि पोर्चुगिज स्ट्राइकर भ्यालेन्टे सिल्भाले ३० औं मिनेटमा गोल गरेका थिए । त्यही गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।
१३ खेलबाट २६ अंक जोड्दै सेभिल्ला शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट २५ अंक रहेको बार्सिलोना दोस्रो स्थानमा झरेको छ । १३ खेल नै खेलेको एथ्लेटिको मड्रिड २४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
अपाधि दावेदार मानिएको अर्को स्पेनिस पावर हाउस क्लब रियल मड्रिड भने २० अंकका साथ छैटौं स्थानमा सीमित छ।
गत सिजनमा सुरुदेखि नै फराकिलो अन्तरको अग्रता बनाउँदै उपाधि जित्न सफल बार्सिलोनाले यस सिजनमा राम्रो नतिजा निकाल्न सकेको छैन । १३ खेल खेल्दा ७ जित ४ बराबरी र ३ खेलमा हार व्यहोरेको छ ।