नक्साल टिम च्याम्पियन

नक्साल टिम च्याम्पियन

काठमाडौं :  प्रथम नोभिस राष्ट्रिय बक्सिङ प्रतियोगितामा नक्साल बक्सिङ क्लब टिम च्याम्पियन भएको छ । आइतबार सम्पन्न प्रतियोगितामा नक्साल चार स्वर्ण र ६ रजत पदक जित्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा काठमाडौं बक्सिङ क्लब दोस्रो भयो । काठमाडौंले दुई स्वर्ण जित्यो ।

महिला यू–२४ को ४८ केजीमुनि धनकुटाकी बिस्मिता राईले बक्समान्डुकी सपना गुरुङलाई हराउँदै पहिलो भइन् । सोही उमेर समूहको ५७ केजीमुनि अल्फा टे«निङ सेन्टरकी लक्ष्मी घर्तीमगरले नक्सालकी शिवानी श्रेष्ठलाई हराउँदै उपाधि जितिन् ।

पुरुष यू–२४ को ४९ केजीमुनि काठमाडौं बक्सिङ क्लबका दिपेश राई सुनसरीका विशाल राईलाई हराउँदै पहिलो भए । ५२ केजीमुनि ललितपुरका बुद्धग्याम्जो लामाले केन्द्रीय बक्सिङ क्लबका जीवनकुमार पुनलाई तथा ५६ केजीमुनि भक्तपुरका सुजन पौडेलले कास्कीका पुरन रास्कोटीलाई हराउँदै पहिलो स्थान हात पारे ।

पुरुषकै ६० केजीमुनि नक्सालका मौसम रानामगरले जिमखानाका करण वज्राचार्यलाई तथा ६४ केजीमुनि कास्कीका पवन गुरुङले नक्सालका विवेकवीर सिंहलाई हराउँदै स्वर्ण जित्न सफल भए । ६९ केजीमुनि रेज फिटनेसका कोसिस श्रेष्ठले जिमखानाका अनमोल घलेलाई तथा ७५ केजीमा दाङका गणेश विकले टीकाथलीका प्रिन्स खड्कालाई पराजित गरे । पुरुषकै ८१ केजीमुनि कञ्चनपुरका मायाप्रकाश पन्तले बोसीगाउँका प्रशान्त महर्जनलाई पाखा लगाउँदै स्वर्ण जिते ।

महिला यू–१९ को ४८ केजीमा नक्सालकी रमिसा श्रेष्ठले अल्फाकी सुशीला थापालाई हराउँदै स्वर्ण जितिन् । ५१ केजीमा नक्सालकै सुमिना खड्काले सोही क्लबकी तेजी गुरुङलाई हराइन् । ५४ केजीमा बानुजकी संज्ञा लोहनीले नक्सालकी लाक्पाडिकी शेर्पालाई हराइन् भने ६० केजीमा नक्सालकी एलिसा खड्गीले मेघदूतकी शिवानी श्रेष्ठलाई पराजित गरिन्् ।

पुरुष यू–१९ को ४९ केजीमा मकवानपुरका जीवन पाख्रिनले नक्सालका रविन थापालाई पराजित गर्दै स्वर्ण जिते । ५२ केजी तौलको उपाधि भिडन्तमा नक्सालका अमर गुरुङले कैलालीका निर्मल सुवेदीलाई पराजित गरे । ५६ केजीमा नक्सालका अमन ओलीले बक्समान्डुका आशिष तामाङलाई पराजित गरे । ६० केजीमा बाँकेका इन्द्रबहादुर सुनुवारले नक्सालका सन्देश राजभण्डारीलाई पाखा लगाउँदै स्वर्ण जिते । ६४ केजी तौल समूहमा काठमाडौं बक्सिङ क्लबका योमेस तामाङले बोसीगाउँका रजित महर्जनलाई पराजित गर्दै स्वर्ण जिते ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.