बेनीमा १७ अौं जेसीज कप फुटबल सुरु

बेनीमा १७ अौं जेसीज कप  फुटबल सुरु

बेनी : म्याग्दी जेसीजद्धारा आयोजित १७ औं अन्तर मावि हुवावे मोबाइल जेसीज कप फुटबल प्रतियोगिता-२०१८ को मंगलबारदेखि बेनीमा सुरु भएको छ। १६ विद्यालय सहभागी पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यु वेष्ट पोइन्ट आवासीय माविले महेन्द्ररत्न मावि बरंजालाई शून्यका विरुद्ध ९ गोल गर्दै बिजय सुरुवात गरेको छ। 

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गरेको प्रतियोगिताको बिजेता र उपबिजेताले जेसीजकप, ट्रफि, मेडल, प्रमाण-पत्रको साथमा नगद ४० र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

अनुशासित टीमलाई पाँच हजार ५००, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार ५०० रुपैयाँ नगद, मेडल र प्रमाण-पत्र प्रदान गरिने भएको म्याग्दी जेसीजका प्रवत्ता सुजन बरुवालले बताए।   

म्याग्दी जेसीजको आयोजनामा १७ वर्षयता हरेक वर्ष जेसीजकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.