ललितपुरका तीन ठाउँमा धुलो तान्‍ने मेसिन, २१ दिनको ट्रायल

ललितपुरका तीन ठाउँमा धुलो तान्‍ने मेसिन, २१ दिनको ट्रायल

ललितपुर : ललितपुर महानगरका तीन ठाउँमा वातावरण स्वच्छ बनाउने मेसिन (वायु प्रदूषण नियन्त्रण यन्त्र) राखिएको छ। नमुना परीक्षण गर्न ललितपुरको बखुन्डोल, पुल्चोकस्थित मन्त्रीक्वार्टर अगाडि र पुल्चोककै एभरेस्ट बैंक छेउमा बुधबार यस्ता यन्‍त्र राखिएको ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिए।

भारतको स्ट्राटा इन्भाइरो कम्पनीसँग वडा कार्यालय एवं पुल्चोकका सरोजसिंह डंगोलले सहकार्य गरी मेसिन भित्र्याएका हुन्। भारतका कतिपय सहरमा समेत राखिएको यो मेसिनले धुलो तान्ने र वातावरण सफा बनाउने गरेको वडाध्यक्ष महर्जनले बताए। ‘नेपालमा पहिलो पटक भित्र्याइएको यो मेसिनले काम गरे नगरेको २१ दिनपछि थाहा हुन्छ। काम नगरे हटाउने सहमति भएको छ’, महर्जनले भने, ‘मेसिन जडान गरेको वरपर १२० फिटसम्म वातावरण स्वच्छ बनाउँछ।’

भारतको पुनास्थित स्ट्राटा इन्भाइरोले यसको अनुगमन गरिरहेको र ५ वर्षसम्म कम्पनी आफैंले नियमित मर्मतसम्भार गर्ने सहमति भएको वडाध्यक्ष महर्जनले बताए। घरभित्र वा बाहिर जता पनि राख्न मिल्ने यो यन्त्र नमुना परीक्षणका लागि ५ वटा मात्र ल्याइएको डंगोलले बताए। ५ मध्ये ३ वटा जडान भइसकेका छन्। एउटा मेसिनको साढे ३ लाख रुपैयाँ पर्ने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.