यो हालतमा ल क्याम्पसको पुस्तकालय : दाता लागे व्यवस्थापनमा

यो हालतमा ल क्याम्पसको पुस्तकालय : दाता लागे व्यवस्थापनमा

काठमाडौं : नेपाल ल क्याम्पसको पुस्तकालय कन्तबिजोग छ, भूकम्पले लथालिंग बनाएको यति ठूलो क्याम्पसको पुस्तकालय सञ्चालनमा छैन। धुलाले पुस्तक ढाकिएको छ।  खोजेको पुस्तक भेटिनु त परको कुरा, कति पुस्तक छन् त्यो पनि थाहा हुँदैन।  पुस्तकालय डम्पिङ साइटझैं बनेको छ।

निस्वार्थ भावले आफूले उपलब्ध गराएको पुस्तक हेर्न नेपाल आएका न्युजिल्यान्डका भिक्टर रिचार्ड स्टोकिगंकरलाई पुस्तकालय देखेर विरक्त लाग्यो अनि आफैं जुटे व्यवस्थापनमा।  

दुई दिनदेखि मास्क लगाएर पुस्तकालयको सरसफाइमा लागिपरेका छन् भिक्टर।  क्याम्पसकै ५० जनाभन्दा बढी विद्यार्थीले पुस्तकालय व्यवस्थितमा उनलाई सहयोग गरिरहेका छन्।  ‘कस्तो भएछ, भनेर हेर्न आएको।  अवस्था देखेर दिक्क लाग्यो’, उनले भने, ‘पुस्तक त गोदाममा फालेजस्तो अवस्थामा रहेछ ।’

अधिवक्तासमेत रहेका भिक्टरले २० वर्षदेखि नेपालको आर्थिक समाजिक विकासमा निःशुल्क कानुनी पुस्तक उपलब्ध गराउँदै आएका छन्।  

नेपाललाई ५० हजारभन्दा बढी कानुनसम्बन्धी पुस्तक दिएको उनले बताए।  नेपालका विभिन्न क्याम्पसलाई २० वर्षदेखि लाखौं मूल्यका पुस्तक उपलब्ध गराउँदै आएको उनको भनाइ छ।  

नेपाललगायत हङकङ, अस्ट्रेलिया, अमेरिका, बेलायतमा उनले कानुनी परामर्शसमेत दिँदै आएका छन्।  

भर्खरै बीएएलएलबीकाे परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी सनित्य कालिकाले भिक्टरको पवित्र भावना देखेरै पुस्तकालय व्यवस्थित गर्न विद्यार्थीले सहयोग गरेका बताए।  

‘अहिले यहाँ किताब नै पाइन्न, लथालिंग छ’, उनले भने, ‘यसलाई व्यस्थित बनाउन उनी आफैं खटिएपछि हामीले पनि साथ दियौं ।’ 

यस कामका लागि विद्यार्थीले सात दिनसम्म भिक्टरलाई सहयोग गर्ने पनि उनले बताए।  नेपाल ल क्याम्पस प्रमुख डा. डीएन पराजुलीले भने भिक्टरको सहयोग भौतिक मात्र भएको बताएका छन्।  

माघमा क्याम्पस प्रमुख भएर आएदेखि नै पुस्तकालय व्यवस्थापनमा आफू लागिपरेको उनको दाबी छ।  ‘म आउँदा पुस्तकालय साह्रै अवस्थित देखें, किताब नै नभेटिने अवस्थामा छ, अनि विद्यार्थीलाई नै खटाएर व्यवस्थित गर्न लागिपरें’, उनले कामको जस आफैं लिँदै थपे, ‘विद्यार्थीले नै पुस्तकको भ्यालु बुझ्ने हुँदा उनीहरूलाई नै परिचालन गरिएको हो ।’

पुस्तकालय प्रमुख विजय पौडेलले ५० हजार पुस्तक रहेको जानकारी दिए।  आधुनिक, व्यवस्थित स्मार्ट पुस्तकालय बनाउने उद्देश्यका साथ अभियान थालिएको उनले बताए।  

२० हजार विद्यार्थी, वकिल, न्यायाधीश, सरकारी कर्मचारी, शिक्षक, प्राध्यापक, स्रोत व्यक्ति, कानुन-न्यायप्रति रुचि राख्ने, खोज तथा अनुसन्धानको रूपमा पुस्तकालयले थप अभियान चलाउने उनले बताए।  

पुस्तकालयभित्र पुस्तकालय लेनदेन शाखा, पुस्तक अध्ययन शाखा, पुस्तक संग्रह शाखा तथा सूचना प्रविधि शाखा छन्।  विद्यार्थी तथा पुस्तक अध्ययन गर्नेको अनुपातमा कर्मचारी कम छ।  तर, उच्च मनोबलका साथ पुस्ताकालयलाई प्रभावकारी बनाउने प्रयासमा आफूहरू लागिपरको पुस्तकालय प्रमुख पौडेलले दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.