फुजी स्याउप्रति हिमाली जिल्लाका किसान आकर्षित, ६ लाख बिरुवा माग

फुजी स्याउप्रति हिमाली जिल्लाका किसान आकर्षित, ६ लाख बिरुवा माग

जुम्ला : स्याउ फल्ने अधिकांश हिमाली जिल्लामा यतिखेर स्याउका नयाँ बिरुवा लगाउने तयारी भैरहेको छ। पुस, माग महिनाभित्र विरुवा लगाइसक्ने गरी कृषकले मंसिरदेखिनै बगैचा व्यवस्थापन गरिरहेका छन्। नयाँ विरुवाका लागि खाल्डा खन्ने, बगैचामा मल, जल तथा घेरवारको व्यवस्थापन गर्ने लगायतका कार्य भइरहेका छन्।

तर कृषक पछिल्लो समय नयाँ स्याउ बिरुवाका लागि स्वदेशमा पाइने स्थानीय जातको बिरुवाभन्दा विदेशबाट आयात हुने फुजी स्याउतर्फ आकर्षित भएका छन्। पहिले नेपालमै पाइने विभिन्न जातका स्याउ बिरुवा लगाउँदै आएका कृषक अहिले विदेशबाट बिरुवा माग गर्न थालेका छन्।    

यस वर्ष स्याउ फल्ने हिमाली जिल्लामध्ये चार जिल्लामा मात्र करिब ६ लाख फुजी स्याउको बिरुवा विदेशबाट माग भएको छ। इटाली र स्पेनलगायतका देशबाट नेपालमा आइपुग्ने फुजी विरुवा नेपालमा पाइने बिरुवाभन्दा १० गुणा महंगो पर्छ। 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरको पत्रका आधारमा स्याउ सुपरजोन जुम्लाले दिएको जानकारी अनुसार जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा मात्र करिब ६ लाख फुजी बिरुवा माग भएको छ।

जसमा जुम्लाका कृषकले तीन लाख, ११ हजार, चार सय २२ फुजी बिरुवा माग गरेका छन्। त्यस्तै कालिकोटका कृषकले एक लाख, १६ हजार, पाँच सय, मनाङका कृषकले एक लाख, ३१ हजार, ६ सय र मुस्ताङमा १५ हजार, पाँच सय फुजी बिरुवा माग भएको छ। 

७० प्रतिशत अनुदान   
सघन स्याउ रोप्नका लागि विरुवा आयात गरी कृषकलाई वितरण गर्ने स्याउ सुपरजोन कार्यक्रमअन्र्तगत फुजी बिरुवा ७० प्रतिशत अनुदानमा कृषकले पाउने भएका छन्। भने बाँकी ३० प्रतिशत कृषकको लगानी रहनेछ। वरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले भने, 'बिरुवा आयात गरेको ढुवानी रकम कृषकलाई निशुल्क हुनेछ, अनुदानमा वितरण हुने प्रति बिरुवा कृषकलाई चार सय २५ रुपैयाँसम्म पर्नसक्छ।'

विश्व बजारमा राम्रो संभावना भएको र नेपालमा पनि फुजी स्याउको बढ्दो माग रहेकाले त्यसको उत्पादन वृद्धि गर्न अनुदानमा विरुवा वितरण गर्न लागिएको उनले बताए।

नेपालमा अहिले अन्य स्याउभन्दा फुजी स्याउ तेब्बर बढी मुल्यमा बिक्री भैरहेको छ। अनुदानमा आउने फुजी बिरुवा कृषकको माग अनुसार प्राप्त गर्न संभव नभएको स्याउ सुपरजोनले जनाएको छ। यसले गर्दा बिरुवा वितरणमा भने निकै सकस हुने देखिन्छ। 

१४ हजार बगैचा 
जुम्लामा मात्र १४ हजार स्याउ बगैचा स्थापना भएको तथ्यांक छ। जिल्लाका कुल १८ हजार घरधुरीमध्ये करिब १४ हजार घरमा स्याउ बगैचा स्थापना भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ।

अहिले जिल्लाको कुल ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेती भैरहेको छ। भने अझैं हरेक वर्ष स्याउ खेती विस्तार हुँदैछ।गत वर्ष र यस वर्ष गरी जिल्लामा स्याउबाट ३४ करोड बढी रकम भित्रिएको छ । स्थानीय तहका अनुसार अबको चार वर्षभित्र स्याउ खेतीका लागि जमिन भएका जिल्लाका १८ हजार घरधुरीमा नै स्याउ बगैचा स्थापना हुनेछन्।

हरेक वर्ष कृषकले बगैचा व्यवस्थापन तथा स्याउ उत्पादन सम्बन्धी पर्याप्त ज्ञान, सीप तथा सामाग्री पाइरहेका छन्। तर त्यसलाई व्यवहारमा कार्यान्वयन नगर्दा समस्या भएको छ। हरेक वर्ष स्याउका बिरुवा बढ्दै छन्। तर बिरुवाको अनुपातमा भने स्याउ उत्पादन घट्दै गएको छ।गत वर्षभन्दा यस वर्ष जिल्लामा करिब चार हजार फल दिने बिरुवा बढेपछि उत्पादन भने गत वर्ष बराबर नै भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.