गीतगंगामा स्वरसम्राट्का सपना

गीतगंगामा स्वरसम्राट्का सपना

नारायणगोपाल चोक महाराजगन्जको थोरै पूर्व–दक्षिणपट्टि भाटभटेनीकै साँध भएर जाने बाटो, नारायणगोपाल संगीत कोषको कार्यालयनेर रोकिएँ। रोकिइरहन्छु हरेक दिनजस्तै हतारोमा पनि। आँखा चियाइरहन्छन् बन्द गेट, एकदुईवटा खुलेका झ्याल, बन्द जाली खापा, यदाकदा आउने भ्वाइलिनको मधुर आवाज, सुनसान घर।

नारायणगोपाल संगीत कोषको यो घर देखेदेखि एउटा रोमाञ्च, एउटा कौतूहलले छाडेको छैन। र, यस्तै उत्सुकता बोकेर एक दिन पस्छु त्यो फाटक खोलेर भित्र। त्यो गेट खोल्नु पनि संगीतको एउटा सुर खुलेजस्तो लाग्छ। पस्नेबित्तिकै एउटा कालो बिरालोले स्वागत गर्छ।

सुनसान घरका अघि एउटा अव्यक्त संकोचले घेर्छ मलाई। आवाज दिन्छुस एक भलाद्मी पुरुषको आगमन हुन्छ, राजकुमार श्रेष्ठ ९५९० गुल्मी। विगत २५ वर्षदेखि कोषसँग आबद्ध भएर भ्वाइलिन वादन सिकाउँदै आइरहेका यी प्रशिक्षकसँग अहिले करिब बीस विद्यार्थी छन्। हप्ताको दुईपटक आफ्नै अनुकूल समयमा आउँछन् शिष्यहरू। शुल्क दुई हजार मासिक।

नारायणगोपालको जीवनको अन्तिम दशक बितेको यो घरमा उनका केही चिज त पक्का संरक्षित हुनुपर्छ। जिज्ञासामा भ्वाइलिन गुरु माथि संग्रहालयमा जाने बाटो देखाइदिन्छन्। घरबाहिरै रहेको सिँढी चढेर माथि पुग्दा एक भद्र महिला मालती गुरुङ ९४७० ले स्वागत गरिन्।

नारायणगोपालको मृत्युलगत्तै स्थापित कोषको कार्यालय प्रारम्भमा बाटुलेघर डिल्लीबजारमा थियो, त्यसपछि टेकु। टेकुमा नै कार्यलय रहेको समय ९२०५३० देखि कोषसँग आबद्ध छिन् मालती। कोषको कार्यालय फेरि सरेर नयाँ बानेश्वर पुग्यो। २०६१ असार १६ मा पेमलाको निधनपछि कोषको कार्यालय नारायणगोपाल निवासमै छ।

पेमलाको मृत्युको लगभग एक वर्षपछि कोषको कार्यालयमा चोरी भयो। चोरेर पोको पारिएका सामग्रीको बोरा पर्खालबाहिर देखेपछि छिमेकीले ती सामग्रीको सुरक्षा गरे। ‘के रहेछ त त्यो बोरामा रु ’ ‘नारायणगोपालले प्राप्त गरेका धातुमिश्रित सिल्ड, पदक तथा ट्रफी।’ —जवाफले स्तब्ध बनाउँछ। ‘अरू केके हराएछ त रु ’ ‘केके थियो नै थाहा छैन।

त्यसैले यही हरायो भन्न कसैले सकेन।’ त्यसपछि नै मालती यो घरमा बस्दै आएकी हुन्। त्यसो त पेमलाका अन्तिम दुई वर्षमा उनी साथै थिइन्। पेमलालाई सम्झिँदा अहिले पनि उनका आँखा भरिन्छन्। यही चैतमा मात्रै आमा गुमाएकी मालती कोषका तत्कालीन प्रमुखको रूपमा रहनुभएकी डा। वानिरा गिरी र हाल प्रमुख उषा शेरचनलाई पनि आमाकै स्तरमा राखेर सम्झन्छिन्।

देख्दा खरो लागे पनि वानिरा दिदीले असाध्यै माया गर्नुहुन्थ्यो, उषा दिदी त्यस्तै माया गर्नुहुन्छ। वानिरा दिदी त्यस्तो राम्रो मान्छे अहिले बिरामी हुनुहुन्छस उनको गला अवरुद्ध हुन्छ।

नारायणगोपाललाई आफ्ना स्टेज कार्यक्रम तथा रेकर्डिङमा सदैव भ्वाइलिनको अभाव खट्किरहन्थ्यो। त्यस समय यो बाजा बजाउने मानिस पाउनै गाह्रो थियो। आफ्नो जीवनकालभरि खट्किएको त्यो अभावलाई उनले मृत्युशय्यामा पनि बिर्सिएनन् र भने, ‘मेरा नाममा केही गर्ने हो भने एउटा भ्वाइलिन प्रशिक्षण कक्षा चलाइदिनू।’ उनको यही सपनालाई आकार दिन पेमलाले नियुक्त गरिन् राजकुमार श्रेष्ठलाई।

श्रेष्ठले बालमन्दिरका विद्यार्थीलाई पहिलोपटक भ्वाइलिन सिकाए। त्यसपछि बानेश्वरमा र अहिले यही घरमा उनले सिकाइरहेछन्। नारायणगोपालले भनेजस्ता उत्पादन त निस्किए भ्वाइलिनका तर तिनको खपत नेपाली संगीत बजारमा हुन सकिरहेको छैन। जतिले सिके भ्वाइलिनका ती धुन आफ्नै स्वान्तसुखायका लागि मात्रै बजाइरहेछन्। स्वरसम्राट्का सपना भ्वाइलिनका सुरमा बाँचिरहँदा यो सिकिरहेका साधकको लगन र यसमा लाग्ने समयले बजारमा यथोचित मूल्य प्राप्त गर्न पनि जरुरी छ।

करिब चार दशकअघि नारायणगोपालको घर पुगेका काशीराम भलजू ९५०० यहाँ आउँदा त्यस्तै सातआठ वर्षका थिए। उनीसँग यो घरका मात्र होइन, नारायण–पेमला दम्पतीका गृहस्थीका केही अद्भुत स्मृति छन् र यी स्मृतिका साक्षी उनी मात्रै हुन्।

अर्को छैन। र, उनी सम्झन्छिन् करिब चार दशकअगाडि नारायणगोपाल गृहमा आफू पुगेको क्षणस दसैं पछाडिको कुनै चिसो महिना। एक तला मात्रै थियो घर, त्यो पनि बाहिर प्लास्टर नगरेको। पर जस्ताले बारेर बनाइएको शौचालय। घरको फिनिसिङ हुनै प्रशस्त समय लागेको थियो।

घर बनाएर सकिए पनि प्रशस्त इँटा बाँकी थिए। इँट्टा थुप्रिएको देखेर छरछिमेकले कहिले घर थप्ने भनिरहे। अन्ततः केही वर्षपछि घरको अर्को तला थप्ने काम सुरु भयो। एकैपटक कहाँ सकिनु र त्यो पनि १ कहिले पर्खाल त कहिले छतको ढलान गरेर मात्रै अर्को तलाले पूर्णता पायो। एकपटक त माथि पानी जमेर पोखरी नै भएको थियो।

पानी सोहर्नको आपत्, काशीराम हाँस्छन्। उनले भने, ‘माथिल्लो तला थप्दा त मैले पनि श्रम गरेको छु, इँटा बोक्ने, बालुवा चाल्ने। शम्भुजित बाँस्कोटा, विजयकुमार, विश्वम्भर प्याकुर्‍याल, नगेन्द्र थापाहरू आइरहनुहुन्थ्यो। वसन्त चौधरी नारायणगोपाललाई वीर अस्पतालमा भर्ना गरेपछि आइरहनुभयोस उहाँले खुब सेवा गर्नुभयो।’ नारायणगोपाल बिरामी नै थिए। मान्छे भेट्न आइरहन्थे।

सायद बिरामी पनि मानिसको धेरै आवतजावतबाट दिक्क भएर केही समय एकान्त चाहन्थे। त्यसैले उनले काशीरामलाई कोही आए छैन भनिदिनू भनी अह्राए। नजिकै शशांक भतिजाकोमा बस्ने गिरिजाप्रसाद कोइराला नारायणगोपाललाई भेट्न पुगे तर काशीरामले फर्काइदिए। गणेशमान सिंह पनि आउँथे कहिलेकाहीँ।

०००

नारायणगोपालको गायन पञ्चायती शासनकालमा हुर्कियो। यो समय नेपाली सुगम संगीतको स्वर्णकाल पनि हो। सधैं नयाँ र फरक गर्न चाहने उनले गीतकार रत्नशमशेर थापालाई तन्नेरीहरूले एकदमै खुसी भएर गाउने गीत लेख्न भने। गीत लेखियो, गाइयो तर ती दोस्रोपटक बज्न पाएनन्। ‘ब्यान्ड’ गरिए। कारण सोध्दा रेडियोका अधिकारी चुपचाप बसिदिन्थे।

नारायणगोपाल र थापाको हाँस्छौं गाउँछौं वसन्त ल्याउँछौं प्रेमको अनुरोधमा, धन्दा लिन्नौं हामी केही उनको विरोधमा यो गीत पनि सेन्सरमा प¥यो। नारायणगोपालले पञ्चायतको पक्षपोषण गरेको पनि आरोप लाग्ने गर्छ कहिलेकाहीँ। के साँच्चै उनी पञ्चायतका पक्षधर थिए त रु राजनीतिको कुनै बाछिटाले नभेटेका काशीरामले बुझ्ने भाषामा सोध्दा उनले भने, ‘होइन उहाँ नयाँ ९प्रजातन्त्र० नै राम्रो हो भन्नुहुन्थ्यो।’

उनको मृत्युपछि काठमाडौंको एउटा मिर्गौला अस्पतालले नारायणगोपालको नाम अस्पतालका लागि माग्यो तर पेमलाले दिइनन्। मिर्गौलाको समस्याले नै जीवन खोसिएका स्वरसम्राट् बजारमा सुनिए जति रक्सीका अम्मली थिएनन्। उनी जरुर पिउँथे तर रक्सीकै कारण घरमा विवाद भएको काशीरामले कहिल्यै सुनेनन्।

शनिबार त बिहानको खाना खान दिउँसोको तीन बज्थ्यो। मान्छे त कति आउने आउने। भुसे चुलोमा पाक्थ्यो चिया र पाहुनाको आतिथ्य सत्कार गरिन्थ्यो नारायणगृहमा। काशीरामको काम सानोतिनो किनमेल र घरको कामकाजमा सघाउने मात्रै थियो सुरुमा। त्यस्तैमा पेमलाले कार्यालयको कामले एक महिना बाहिर जानुप¥यो। पेमला फर्किंदासम्म उनी भात पकाउन सक्ने भइसकेका थिए।

खेतको बीचमा थियो घर। आलीआली हिँडेर जानुपथ्र्यो। अचारका सोखिन थिए गायक। मेथी, मुलाको बीउ र निबुवाको अचार घरमै पाक्थ्यो। आलु प्याज, बकुल्ला मन पराउँथे। माछा तथा खसीको मासुमा दही र वाइन राखेर पकाउन उनी आफैं अघि सर्थे। उनको हातबाट प्रायः दसैंमा बन्ने टखा र सन्या ख्वना पनि खुब मीठो बन्थ्यो। उनी सलगम र सुकुटीका पनि सोखिन थिए। कहिलेकाहीँ तरकारी किन्न असन जान्थे काशीराम।

नारायणगोपाल आफैंले रोपेको बेगनबेली बुढ्यौली मुस्कान हाँसिरहेको छ। भ¥याङमुनि गमलामै रहेका र लगभग सम्भारविहीन अवस्थाका सुनाखरी नचाहेरै फुलेझैं देखिन्छन्।

भाडाका गाडी पनि असाध्यै कम हुन्थे। एकपटक गोलभेँडा किनेर टेम्पो चढेका उनी ओर्लिन्जेलसम्ममा त सबै गोलभेँडा फुटिसकेका थिए। हिँड्दाहिँड्दै कसैले लडाइदिएपछि तिहारमा किनेका पाला र तेलको सिसी फुटे पनि कसैसँग प्रतिवाद नगरी त्यस्तै लिएर घर गए उनी। एक दिन भुसे चुलोमा पकाएको मासु हेर्दै गर्नू है भनेर राखिएका काशीरामले आगो बालेर मासु हेरी मात्रै राखे मासु ‘भुस’ भएको पत्तै पाएनन्, यस्ता अनेकन् सम्झना छन् उनीसँग।

०००

भुसे चुलो, मट्टितेल स्टोभ हुँदै नारायणगोपालको मृत्युपछि मात्रै ग्याँस चुलो भित्रिएको थियो घरमा। फूलको सोख दुवै दम्पती राख्थे। फूलका गमला राख्न बनाइएका खिया लागेका फलामे स्ट्यान्ड र पुराना लाग्ने गमला देख्दा लाग्छ, तिनले तिनै दम्पतीको स्याहार खोजिरहेछन्।

नारायणगोपाल आफैंले रोपेको बेगनबेली बुढ्यौली मुस्कान हाँसिरहेछ। भ¥याङमुनि गमलामै रहेका र लगभग सम्भारविहीन अवस्थाका सुनाखरी नचाहेरै फुलेझैं देखिन्छन्। अम्बाका बोटभरि टुप्पैसम्म फलेका मसिना पहेँला अम्बाहरू झर्न नमानी बरु बोटमै सुकेका छन्। लाग्छ, नारायणगोपालको स्वाभिमानका सुन्दर विम्ब हुन् ती।

काइँयो, भोगटे, पैंयुँ, नासपाती, आलुबखडा, आरुका रूखले पहरेदारी गरिरहेको साग, लसुन, मुला हाँसिरहेको बारीमा कामनपा–३ का वडाध्यक्ष तथा नारायणगोपाल संगीत कोषका महासचिव दीपक केसी चाँडै नै चार तलाको गीतगंगा भवनको निर्माण सुरु हुने जानकारी दिन्छन्। गीतगंगा नारायणगोपाल दम्पतीको सपना थियो।

पेमला आफ्नै जीवनकालमा उक्त भवन निर्माण गर्न चाहन्थिन्। भूमिगत पार्किङ, ७५ सिट क्षमताको सभाहलसहितको भवनमा सम्पूर्ण सांगीतिक गतिविधि तथा कोषको कार्यालय रहने र नारायणगृहलाई संग्रहालयको रूपमा विकास गरी संरक्षित गर्ने योजना छ।

हाल तेस्रोपटक उक्त वडाको वडाध्यक्षमा विजयी भएका केसीकै पहलमा २०५३ सालमा महाराजगन्ज चोकमा नारायणगोपालको अर्धकदको सालिक अनावरण गरिएको थियो।

विसं २०१६ मा त्रिचन्द्र क्याम्पसको वार्षिक उत्सवमा नारायणगोपालले रत्नशमशेर थापाको गीत गाएर प्रशस्त वाहवाही बटुले। रेडियो नेपालबाट कलकत्तामा रेकर्ड गर्न छवटा गीतको कोटा प्राप्त गरेका उनले रत्नशमशेरकै गीत मात्र छाने तीनवटा युगल र तीनवटा एकल।

अरू केही गीत उनले गाए पनि एकदुईपटक रेडियोमा बजेका गीत पुनः बजेनन्। कति गीत रेडियोको पञ्चायती सेन्सरमा परे। संगीत भरेर पनि थापाका केही गीतमा नारायणगोपालको आवाज भरिएन। त्यसपछि यी दुई स्रष्टाको सहकार्य फेरि दोहोरिएन। जति सम्झना छन् थापासँग किलागलकै घरका छन्। यो घरमा थापा एकाध पटक मात्रै पुगेका छन्।

२०२६ मा ‘परिवर्तन’ फिल्ममा चेतन कार्कीका गीत गाएका उनले ‘कान्छी’ फिल्मका लागि २०४० मा पुनः स्वर दिए। तर कार्कीसँग यो घरका त्यस्ता सम्झना भने छैनन्।

बीसको दशकको प्रारम्भदेखि नारायणगोपालसँग निरन्तर सम्पर्कमा रहेका गीतकार नगेन्द्र थापा आफू बरोबर गइरहने एउटा जक्सन नै नारायणगोपालको बासस्थान रहेको बताउँछन्। नयाँ घरमा सर्नुपूर्व नै उनले थापाका गीत गाएका थिए।

जब नीर शाहलाई नारायणगोपालको घरका सम्झनाबारे सोधियो, उक्त घर ऐतिहासिक भएको र आफू जग्गा किन्दैदेखि नै त्यहाँ पुगेको उनले बताए। पेमलासँग विवाह गरेपछि पोखरा, हेटौंडा हुँदै ठमेलको नर्सिङ चोकमा भाडामा बसिरहेका नारायणगोपालले एक दिन आफू गाउँतिर सर्न लागेको बताए। र, त्यो गाउँ थियो अहिलेको महाराजगन्ज।

त्यति बेला त्यहाँ खेतैखेत मात्र थियो। शाहका दुई गीत पर्खिबसेँ र आँखैमा कसैको तस्बिर बसेछ स्वरसम्राट्ले त्यही घरमा अभ्यास गरेर गाए। गीत सुनाइसकेपछि नारायणगोपालले माछा पकाएर खुवाएको पनि शाह सम्झिन्छन्। कमलादीमा रहेको शाहको कार्यालय पनि नारायणगोपालको कार्यकक्षजस्तै बनेको थियो कुनै समयस उनले त्यहीँ मेरो बेहोशी आज गीतको सम्पूर्ण तयारी गरेका थिए।

आफू उक्त घरमा बरोबर गइरहने बताउने गीतकार कालीप्रसाद रिजाल नारायणगोपालसँग रामै्र बसउठ भएका व्यक्ति मानिन्छन्। स्वरसम्राट्सँगको सहकार्य उनी ठमेलमै रहँदादेखि नै सुरु भए पनि त्यो मृत्युपर्यन्त जारी रह्यो। तीसको दशकमा तुलनात्मक रूपमा रिजालकै गीत बढी गाएका छन् उनले।

गीतलाई अन्तिम रूप दिनुभन्दा पहिले प्रशस्त परिष्कार गर्ने नारायणगोपालले रिजालका शब्दमा संगीत भर्नका लागि अरू संगीतकारलाई पत्याएनन् अथवा आफैं संगीत भर्ने लोभ गरे। उनले रिजालका जति गीत गाए, आफ्नै संगीतमा गाए।

०००

चालीसको दशकको प्रारम्भतिर कवि तथा गीतकार दिनेश अधिकारीले नारायणगोपाललाई त्यही घरमा पहिलोपटक भेटेका थिए। उनका दुई गीत पनि स्वरसम्राट्ले त्यही घरमा बसेर संगीत भरे, गाए।

विसं २०५८ तिर पेमलाले कोषमा आबद्ध भइदिन असाध्यै अनुरोध गरेपछि नारायणगोपाल संगीत कोषमा पुगेकी साहित्यकार उषा शेरचन हाल उक्त कोषकी अध्यक्ष छिन्। कोषाध्यक्ष, महासचिव हुँदै अध्यक्षसम्मको यो डेढ दशकभन्दा लामो संलग्नतामा स्वरसम्राट्का केही सपनालाई निरन्तरता दिन पाएकोमा खुसी छिन्।

नारायण–पेमलाले सिर्जना गरेको गृहस्थी थियो त्यो। दुवै जागिरे थिए, कमाउँथे। काशीराम सम्झन्छन्, नारायणगोपाल भइन्जेल कहिलेकाहीँ बज्यै ९स्वरसम्राट्की आमा० आउनुहुन्थ्यो, भाइहरू पनि आउँथे, दसैंमा भेटघाट हुन्थ्यो। रमाइलो हुन्थ्यो। तर, उनको मृत्युपछि फेरि त्यस्तो जमघट दोहोरिएन।

आफ्नो दाम्पत्य जीवनभरि आँटी र आत्मविश्वासले भरिएकी पेमला रोएको पनि काशीरामले देखे। मुटुको रोगले थलिएका काशीरामले पेमलाकै कारण पुनर्जीवन पाए। लडेर मेरुदण्डको दुई नम्बर हड्डी भाँचिएपछि भने उनको दैनिकी खुम्चियो। अलि हिँड्न सक्ने भएपछि पेमलाले प्रेमपूर्वक माछा पकाएर खुवाएको सम्झन्छिन् काशीराम र मालती।

गर्भवती पेमलालाई असाध्यै पेट दुख्यो। बच्चा पाठेघरबाहिर रहेको बताए डाक्टरले। यसरी भ्रूणले संसार हेर्न पाएन र यी दम्पतीले सन्तान देख्न पाएनन्। तर, ती दम्पतीले दुःखजिलो गरेर हुर्काएको सन्तानै त थियो त्यो घरगृहस्थी। त्यसैले पेमलाले पनि उक्त घरजग्गा कोषको नाममा गर्न असाध्यै हतार गरिन्। उनले कोषकी तत्कालीन कोषाध्यक्ष उषा शेरचनका नाममा उक्त घरजग्गा बकस गरिदिइन्।

उषाका नाममा घरजग्गा राखेपछि पेमलाले सन्तोषको श्वास फेरिन्। सम्पूर्ण घरजग्गा कोषको नाममा हस्तान्तरण गरेपछि उषाले पनि सन्तोषको श्वास फेरिन्। यी सबै कानुनी प्रक्रियामा तत्कालीन अधिवक्ता प्रकाश वस्तीले निःशुल्क सहयोग गरेका थिए।

पेमलाको मृत्युपछि किरिया खर्च पनि कोषले नै बेहो¥यो। पेमलाको नाममा बाँकी रहेको जग्गा भने नारायणगोपालका भाइहरूले आफ्नो बनाए। पेमलाका गरगहना पनि देवरहरूले नै लगे। नारायणगोपालको मृत्युपछि किलागलको घरमा रहेको आफ्नो अंशाधिकार पनि पेमलाले छोडिदिइसकेकी थिइन्। ओरिएन्टल इन्स्योरेन्सबाट निवृत्त भएकी पेमलाको जागिरबाट आएको रकम नबिल बैंकमा थियो। केही रकम नेपाल बैंकमा पनि थियो। उनको मृत्युपछि यी दुवै बैंकबाट नारायणगोपालकै परिवारले रकम झिक्यो।

इच्छाएको व्यक्ति भनेर कोषको नाम राखिएको भएर युनाइटेड फाइनान्समा राखेको रकम मात्रै कोषमा जम्मा हुन गयो। शय्यादानमा मृतक सुतेकै खाट दान गर्नुपर्छ भनेर पेमलाका देवरहरूले जबरजस्ती उनको पलङसहित घरका फर्निचर दान गर्न लगाए। उसबेला पेमलाले गरेको हतारोले उषालाई अद्यापि झस्काइरहन्छ। उनीसँग भने आफूलाई त्यतिविघ्न भरोसा गर्नुको कारण पेमलालाई सोध्न नपाएको गुनासो छ।

उषालाई लाग्छ, नारायणगोपालको जीवनमा पेमला हुन्नथिइन् त, न उनको नाममा कोष हुने थियो, न त स्वरसम्राट्का केही थान सपना बाँच्ने थिए अहिलेसम्म।भर्खरै महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सरकारले संरक्षण गर्ने घोषणा गरेको छ। मोजार्ट, बब मार्ली, बिथोविनका घरहरू संसारभरिका संगीतप्रेमीका लागि एउटा गन्तव्य भइरहँदा चक्रपथको छेउमै रहेको स्वरसम्राट्को गृह नेपाली संगीतपारखीका लागि पुग्नैपर्ने धाम बनोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.