विशेषज्ञ चिकित्सक नहुँदा उपचार प्रभावित

विशेषज्ञ चिकित्सक नहुँदा उपचार प्रभावित

सिन्धुली : विशेषज्ञ चिकित्सक काम गर्न नआउँदा सिन्धुली अस्पतालको उपचार प्रभावित भएको छ। दरबन्दीका विषेशज्ञ चिकित्सक वर्षौदेखि काठमाडाैंमा काजमा बसेका छन् । उनीहरू हाजिर हुनै नआउँदा तल्लो तहका कर्मचारीले १८ घण्टासम्म खटेर सेवा प्रदान गर्न बाध्य भएको उनीहरूको गुनासो छ।

सिन्धुली अस्पतालकी प्रमुख तथा मेडिकल सुपरिटेण्डेन्ट सुमित्रा गौतमका अनुसार अस्पतालमा पाँचवटा विषेशज्ञ डाक्टरसँगै २३ वटा चिकित्सकको दरबन्दी वर्षौंदेखि खाली छ। अस्पतालको ६ वटा विशेषज्ञ दरबन्दीमध्ये मेडिकल सुपरिटेण्डेन्ट गौतम स्वयं स्त्रीरोग विशेषज्ञ हुन्।

यस बाहेकका विशेषज्ञ तथा अन्य विभागीय चिकित्सक कोही काजमा त कोहीको दरबन्दी नै खाली छ। स्वास्थ्य मन्त्रालयले सिन्धुली अस्पतालका लागि बालरोग विशेषज्ञ दरबन्दीमा खटाएका डाक्टर बुलु वाग्ले हाल काठमाडौंमा रहेको कान्ति अस्पतालमा काजमै बसिरहेका छन्। हाडजोर्नी तथा नसा रोग विशेषज्ञ लक्ष्मीकान्त शर्मा पनि वीर अस्पतालमै काजमा छन्। वाग्ले र शर्मालाई मन्त्रालयले सिन्धुली अस्पतालको दरबन्दीमा सरुवा गरी पठाएको वर्षौं हुन लाग्दा पनि हाजिर हुनसमेत नआएको पाइएको छ। दुवै काठमाडौंमै काज मिलाएर बसेका छन्।

अन्य विषेषज्ञलाई भने हालसम्म जिल्ला अस्पतालमा नखटाइएको गौतमको भनाइ छ। ‘भएका विषेशज्ञ डाक्टर तोकिएका ठाउँमा हाजिर हुन नआउने र खाली दरबन्दीमा सरकारले नयाँ नियुक्ति दिएर नपठाउने गर्दा सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ। तल्लो तहका कर्मचारी पनि दिनमा १८ घण्टासम्म खटेर काम गर्न बाध्य छन्’, गौतमले भनिन्।

पछिल्लो समय सिन्धुलीजस्ता दुर्गम क्षेत्रका अस्पतालहरू रिफर सेन्टरमात्र भएको गुनासो आउन थालेको छ। अस्पतालमा विशेषज्ञ नबस्दा सामान्य बिमारीलाई समेत जिल्ला बाहिर रिफर गर्नु परेको छ। ‘सिन्धुली अस्पताल सडक सञ्जालले घेरिएको जिल्ला भएकाले सडक दुर्घटनाका घाइते धेरै आउने गरेका छन्। त्यसबाहेक बालबालिका, हाडजोर्नी, नशा रोग लगायतका सामान्य रोगीलाई पनि विशेषज्ञ तथा सम्बन्धित चिकित्सक नहुँदा अन्यत्र रिफर गर्न बाध्य हुनु परेको छ,’ उनले थपिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.