तेल चोरी प्रकरण झन् रहस्यमय : पाँच लाख जरिवाना, ११ ट्यांकरमाथि प्रतिबन्ध

तेल चोरी प्रकरण झन् रहस्यमय : पाँच लाख जरिवाना, ११ ट्यांकरमाथि प्रतिबन्ध

 विराटनगर : तेल चोरीमा संलग्न चालक तथा ढुवानीकर्तालाई नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले ढुवानीमा प्रतिबन्ध लगाउँदै जरिवाना गरेको छ। 

निगमले विराटनगर कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी गत मंसिर ६ गते कम तेल (डिजेल) ढुवानी गर्ने ट्याङ्कर को१ख ५९६५ का ढुवानीकर्ता सुखदेव सिंहलाई तेल २ हजार ४ सय ८४ लिटरको दोब्बर मूल्य चार लाख ९३ हजार ९ सय १८ रुपैयाँ जरिवाना गराएको निगमका प्रादेशिक कार्यालय प्रमुख दिनेशकुमार यादवले जानकारी दिएका छन्। 

‘कम परिमाण रहको तथ्य खुल्न आएपछि ढुवानीकर्ता सिंहलाई के कति कारणले कम भएको भन्ने स्पष्टीकरण सोधेको तर चित्तबुझ्दो जवाफ नआएपछि जरिवाना तथा ढुवानीमा प्रतिबन्ध लगाएका हौं’, उनले भने, ‘भारतीय निगममा बुझ्दा उताबाट कम परिमाणमा तेल नदिएको जानकारी पाइयो।’ ढुवानीमा प्रयोग हुने ११ वटा ट्याङ्करलाई समेत रोक लगाइएको यादवले बताएका छन्।

निगमलाई नोक्सानी पुगेको देखिएकाले ट्याङ्कर नम्बर ५९६५ लाई ढुवानीमा रोक लगाई निगमको डिपोमा ६ महिनासम्म प्रवेश निषेध गर्ने निर्णय भएको बताउँदै यादवले भने,‘ताल्चा लागेकै अवस्थामा चोरी भएको विषयमा नेपाल प्रहरीको सिआईबीबाट समेत जाँचबुझ भइरहेको छ। छानबिनको प्रतिवेदन भने आउन बाँकी छ।’ 


ढुवानीकर्ताले ताल्चा लागेकै अवस्थामा तेल चोरी गरेपनि के कसरी भयो भन्ने यादवले स्पष्ट गरेनन्। जाँचबुझ भइरहेकोले यसबारे थप बोल्न नमिल्ने उनको भनाइ छ। ट्यांकरको तालाको एउटा साँचो नेपाल आयल निगम प्रमुख र अर्को भारतको बरौनी डिपोका प्रमुखसँग हुन्छ। 

घटी परिमाणमा तेल ढुवानी भएको विषयमा छानबिन गर्न निगमको केन्द्रीय कार्यालयबाट उपनिर्देशक अञ्जना पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। 

समितिले छानबिन गरी मंसिर १४ गते काठमाडौं फर्किएको थियो। तेल चोरीबारे केन्द्रले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन। सिआइबीको टोलीले गत शुक्रबार निगमको प्रादेशिक कार्यालयमा सोधपुछ गरी बरौनी डिपोमा पनि छानबिनका लागि पुगेको थियो।
नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकरमा अत्याधुनिक लकिङ स्टिम जडान गरिएको हुन्छ। तर, ताल्चा लागेकै अवस्थामा तेल चोरी कसरी भयो भन्ने विषयमा सिआइबी र निगमको केन्द्रीय छानबिन समितिले नै स्पष्ट गर्ने बताउँदै प्रादेशिक प्रमुख यादवले भने,‘यस विषयमा छानबिन समितिहरुले नै स्पष्ट गर्नेछन्।’ 

तेल ढुवानी गर्दा अधिक मात्रामा तेल चोरी हुन थालेपछि निगमले ताल्चा लगाउने ‘सिस्टम’ सुरु गरेको तरपनि जोरी भएपछि यो विषय झन् जटिल बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.