पोखरामा ग्रेट हिमालय पर्वतीय दिवस, हेर्नुस् फोटोहरू

पोखरामा ग्रेट हिमालय पर्वतीय दिवस, हेर्नुस् फोटोहरू

पोखरा :ग्रेट हिमालय पाँचौ अन्तराष्ट्रिय पर्वतीय दिवश पोखरामा सुरु भएको छ । डिसेम्बर ११ मा विश्वभर मनाइने पर्वतीय दिवस सोमबारबाट सुरु भएको हो।

नेपाललाई संसारभरीका मानिसले हिमालयको देश भनेर चिन्दछन्। सोही अनुरुप पर्वतारोहण क्षेत्रको विकास र प्रर्वधनगरी पर्यटक भित्राउने लक्ष्यले प्रत्येक वर्ष  नेपाल पर्वतारोहण संघको विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्दछ।

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय परिसरमा सुरु भएको कार्यक्रम बुधबारसम्म चल्ने आयोजक संस्था नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले बताए। उद्घाटन कार्यक्रममा विभिन्न पर्वतीय क्षेत्रमा हुन गतिविधिदेखि जातीय संस्कृतिको प्रर्दशन भएको थियो।

वाल क्लाइम्वीङ, साइक्लीङ, छेलो, पर्वतीय आर्ट प्रतियोगिता देखि अन्य गतिविधी सम्पन्न भएको थियो। हिमाल आरोहण गर्ने सामाग्री, हिमालमा प्रयोग हुने कपडादेखि हिमाल सम्बन्धीका जानकारी समेत कार्यक्रम परिषरमा स्टल मार्फत जानकारी गराएको छ।

मंगलबार विश्वविख्या आरोहीदेखि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी समेतको उपस्थितीमा कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी गराएको छ। कार्यक्रमले आन्तिरिक पर्यटकको मात्र नभएर वाह्य पर्यटन प्रवर्धन गर्ने लक्ष्य सहित सरकारले पहिचान गरी खुल्ला गरेको चार सय तीनवटा हिमालबारे संक्षिप्त रुपमा जानकारी दिनेछ।

हेर्नुस् फोटोहरू :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.