पुरुषजति कालापहाड, महिला गाउँ कुर्दै

पुरुषजति कालापहाड, महिला गाउँ कुर्दै

जुम्ला  : कोइरेली गाउँका युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन्। गाउँमा पुरुष नहुँदा महिलाले पूरै गाउँको रेखदेख गर्न थालेका हुन्। गाउँका सबै महिला दिनमा स्याउला, सोत्तर तथा दाउरा संकलन गर्न वा अन्य कुनै काममा निस्किएका बेला घरमा भएका महिलाले पूरै गाउँको रेखदेख गर्ने गरेको स्थानीय राजी रोकायाले बताइन्। ‘पुरुषजति कालापहाड गएपछि गाउँ शून्य बनेको छ, मलामी जानेसम्म लोग्ने मान्छे पाइँदैन’, उनले भनिन्, ‘जिल्लामा हिंसाका घटना बढिरहेका छन्, त्यस्तो कुनै अप्रिय घटना हुन नदिन हामीले गाउँ कुर्न थालेका हौं।’       

महिलाहरूकै अगुवाइमा कोइरेली गाउँ मानवअधिकारमैत्री, छुइपढी, बालविवाह र मद्यपान, धूमपानमुक्त समाज घोषणा भइसकेको छ। सिंजा गाउँपालिका–२ मा पर्ने ३८ घरधुरी रहेको यो गाउँ जिल्ला सदरमुकामभन्दा ४० कोष घण्टा टाढा पर्छ। गरिबी र अशिक्षाका कारण धन कमाउन कालापहाड नै जानुपर्छ भन्ने यस गाउँका पुरुषको सोचाइ छ। गाउँका पुरुषमध्ये एक जना सेनामा छन् भने अरू सबै बेरोजगार छन्। मंसिर लागेसँगै उनीहरू फुर्सदको समय धन कमाउन भन्दै कालापहाड निस्किन्छन्। पुरुषहरू कालापहाड निस्कने कोइरेली जिल्लाको प्रतिनिधि गाउँ हो। सिंजा क्षेत्रका अधिकांश गाउँमा पनि पुरुषको शून्यता छ।

त्यस्तै, जुम्लाका अधिकांश बेरोजगार पुरुष मंसिरदेखि चैतसम्म धन कमाउन कालापहाड जाने गर्छन्। यो समय जुम्लामा घरायसी कामसँगै विकासे गतिविधि पनि खासै नहुने भएकाले यहाँका युवादेखि वृद्धसम्म कालापहाड जान बाध्य छन्। जुम्लाबाट के–कति पुरुष कालापहाड छिरे भन्ने यकिन तथ्यांक नभए पनि यो समयमा कम्तीमा पनि २० हजार पुरुष कालापहाड छिर्ने गरेको स्थानीय बताउँछन्।

‘गाउँमा पैसा कमाउने विकल्प छैन, पैसा नभए भोको पेट भरिँदैन’, कोइरेलीका पदम रोकायाले भने, ‘पुर्खादेखि कालापहाडको दुःख हटेन, घरखर्च चलाउन कालापहाड जान बाध्य छौं।’ गाउँ–गाउँमा आएको सिंहदरबारमा बस्ने सिंहहरू नअघाउन्जेल गरिब–दुःखीलाई रोजगारी नमिल्ने भन्दै अन्नपूर्णसँग उनले दुखेसो पोखे। स्थानीय पदमकला रोकायाले घरायसी समस्याका कारण बाध्य भएर  मानलार्इ कालापहाड पठाउनुपरेको बताइन्। ‘ श्रीमानलार्इ परदेशमा अर्काको भारी बोक्न पठाउने रहर कसालाई पो हुन्छ र ? तर गाउँमा केही काम पाइँदैन’, उनले भनिन्, ‘गाउँमा खाली बसेर कसरी पाँच जनाको परिवार पाल्नु ?  ’ यतिखेर कालापहाड गएका पुरुषहरू फागुन लागेसँगै खेती गर्न जिल्ला फर्किन थाल्छन्। जुम्लामा सुक्खा र चिसो मौसमका कारण कात्तिकदेखि फागुनसम्म खेती हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.