मुल्यमा उद्योगीको बखेडा, खेतमै सुक्न थाले उखु

मुल्यमा उद्योगीको बखेडा, खेतमै सुक्न थाले उखु

जनकपुरधाम : ऋणको भारी बोकेर देशैभरीका लाख बढी किसानले एक लाख ३४ हजार विघामा उखु उब्जाए। वर्षदिन अघि खेतमा लगाएको उखु पाकिसक्यो। मुलुकभरीका किसानको खेतमा साँढे २१ अर्बको उखु तयारी छ। गत वर्ष प्रति क्विन्टल ५३१ रुपैयाँ २० पैंसामा बिक्री गरेको उखुको अनुदानवाफत सरकारले उपलब्ध गराउने रकम किसानले अझै पाएका छैनन्। 

उखु काट्ने सिजन आइसक्यो। तर, अझैं पनि उखुको मुल्या तोकिएको छैन। चिनी मिल नचल्दा उखु खेतमै सुक्न थालेका छन्।सरकारले उखु किसानलाई दिने प्रोत्साहन स्वरुपको भ्याट छुटबापतको ६५ रुपैयाँबाहेक उद्योगी यस वर्ष तीन सय ८० रुपैयाँ प्रति क्विन्टलमा खरिद गर्ने अडानमा छन्।

अनुदान र उद्योगीले दिने मुल्य जोड्दा किसानले 4 सय ४५ रुपैयाँ हुन आउँछ। तर किसानले यस वर्ष कम्तिमा सरकारले उपलब्ध गराउने भ्याट रकमसहित 5 सय ४५ रुपैयाँ प्रति क्विन्ट माग गरेका छन्।

किसानले यस वर्ष उद्योगीसँग माग गरेको मुल्यभन्दा प्रति क्विन्ट एक सय रुपैयाँ कममा उखु खरिद गर्ने पक्षमा उद्योगी देखिएका छन्। उखुको काट्न अगाबै मुल्य तोक्नुपर्ने हो। तर, अहिले काट्ने बेला हुँदा पनि मुल्यमै उद्योगीले बखेडा गर्दा तयारी उखु खेतमै सुक्न थालेका छन्। उखुले बजार नपाउन हो कि बन्दै हजारौं किसान पोरोलिरहेका छन्। 

उद्योग संचालनका लागि महोत्तरीको बर्दिबासस्थित गौतम होटलको सभा कक्षमा नेपाल चिनी उत्पादक महासंघका प्रतिनिधिसँग नेपाल उखु उत्पादक महासंघले छलफल गरिएको छ। 

गत बर्ष सरकारले सस्तो मुल्यमा विदेशबाट चिनी आयात गर्दा घाटा लागेको देखाउँदै चिनी उद्योगीले गत वर्षको उखुको मुल्य दिन नसक्ने मनसाय देखाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए। 'हामीले यस बर्ष उखुको मुल्य कम्तिमा पाँच सय ४५ माग गरेका छौं। तर, उद्योगीहरु गत वर्षको मुल्यमा पनि घटाउने कुरा गर्दैछन्,अध्यक्ष मैनालीले भने। 

'गत वर्ष सरकारले उखुको मुल्यको अधारमा चिनी मुल्य तोक्यो। हामीले त्यसै अनुसार किसानबाट उखु खरिद गर्‍यौं',नेपाल चिनी उत्पादक महासंघका सदस्य एस.के.सराफले भने, 'सस्तो मुल्यमा सरकारले विदेशबाट चिनी आयात गर्यो। हाम्रो चिनीले बजार पाउनै सकेन।' गत वर्ष सरकारले वर्षभरी चाहिने चिनी आयात गरेको उनले जनाए।

एभरेष्ट चिनी मिल रामनगर महोत्तरीका उखु विभागका महाप्रबन्धक युगकिशोर चौसरसियाका अनुसार, गतबर्ष नेपालका चिनी उद्योगहरुले कुल १८ लाख क्वीन्ट चिनी उत्पादन गरेका थिए। सरकारले पाकिस्तानबाट कम्तिमा २५ लाख क्वीन्टल चिनी आयात गरेका थिए । मुलकलाई  बार्षिक २२ लाख क्वीन्टल चिनी मात्र आवश्यक छ।

देशभरीमा यस बर्ष कुल २१ अर्ब, ३५ करोंड ४२ लाख चालिस हजार मुल्य बराबरको उखु तयारी रहेको अनुमान गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक साता अघि उखुको मूल्य सिफारिस गरेको थियो।

किसानको लागत खर्च प्रतिक्विन्टल तीन सय ७८ रुपैयाँ ३९ पैसा र २० प्रतिशत नाफाबापतको ७५ रुपैयाँ ५० पैसा गरी कुल चार सय ५३ रुपैयाँ ८९ पैसा मूल्य सिफारिस गरी उद्योग मन्त्रालयलाई पत्रचारी पठाएको थियो।

सरकारले उखु किसानहरुलाई प्रदान गर्ने उनुदान बाप्तको ६५ रुपैयाँ जोड्दा प्रतिक्विन्टल पाँच सय १८ रुपैयाँ ८९ पैसा हुन आउँछ।कृषि तथा पशुपन्छी मन्त्रालयले सिफारिस गरेर पठाएको मुल्यमा किसान उखु ढुवानी र बैंकबाट लिएको ऋणको ब्याज जोडिएको छैन।

किसानले उखु खेती गर्दा गरिएको लगान, ढुवानी खर्च, अनुदान र नाफा जोडेर कुल उखुको मुल्य कम्तिमा यस बर्षको लागी पाँच सय ४५ रुपैंया तोक्नु पर्ने किसानहरुले माग गरेका छन्। कृषिले किसानले माग गरेको मूल्यभन्दा प्रतिक्विन्टल करीब २७ रुपैयाँ कम सिफारिस गरेको भन्दै किसानहरुले त्यसको विरोध गरेका छन्।

तर, चिनी उद्योगीले कृषि मन्त्रालयले सिफासि गरेको मुल्य त्रुटिपूर्ण रहेको बताउँछन्। अन्तराष्ट्रिय बजारमा कायम रहेको चिनीको मुल्यको अनुसारले ३ सय ८० रुपैयाँ प्रति क्विन्टभन्दा बढी मुल्य तिरेर कुनै पनि हालतमा उद्योगले उखु खरिद गर्न नसक्ने नेपाल चिनी उत्पादक महासंघका अध्यक्ष शशिकान्त अग्रवालले बताए।

'गत सालको मुल्यमा पनि उखुको खरिद गर्ने अवस्था छैन', अध्यक्ष शशिकान्त अग्रवालले भने,'हाम्रो देशमा उखुको कृतिम मुल्य छ। अन्तराष्ट्रिय रुपमै नेपालको उखुको मुल्य अत्याधिक छ।' गत साल सरकारले तोकेको महँगोमा मुल्यमा उखु किन्नु परेको बताउँदैं उनले थपें, 'चिनी उत्पादन लागत पनि बढ्यो। सरकारले सस्तो मुल्यमा विदेशबाट चिनी आयात गरिदियो।' पोहोरकै उत्पादन अझै पनि ५०/६० हजार मेट्रिकटन चिनी गोदामा थन्किएको उनले बताए।

यसवर्ष २ लाख ५० हजार मेट्रिकटन चिनी उत्पादन हुने अनुमान छ।अध्यक्ष अग्रवालका अनुसार, कृषि मन्त्रालयले सिफारिस गरेको उखु मुल्य त्रुटिपूर्ण छ। उखुको मुल्य तोक्दा जग्गाको भाडा, नाफा, सरकारको अनुदान सबै त राख्न मिलेन सरकारले उखुको मुल्य पुर्ननिर्धारण गर्नुपर्छ। 

गत पोहोर साल उद्योगले उखु किनेको मुल्यको आधारमा कम्तिमा चिनीका मुल्य प्रति किलो ७०/७१ रुपैयाँ हुनुपर्ने हो। तर, चिनी उद्योगले भ्याटसहित अहिले बजारमा प्रति किलो ६१ रुपैयाँमा बिक्री गर्नु परेको छ। गत वर्ष उद्योगले किनेको उखुको मुल्यको आधारमा सरकारले चिनीको मुल्य नतोक्दा समस्या थपिएको अध्यक्षको भनाई छ। 

'सस्तो चिनी अयात हुँदा नेपालको चिनी उद्योग र किसान तहसनहस भयो',उनले भने, 'पोहोर साल हामी चिनी उद्योगी २ सय कारोड बढी घाटा ब्यहोर्नु पर्‍यो। कृषीमुखी स्वदेशी उद्योगलाई प्रबद्र्धन नगरेर सरकार खाली व्यपारमुखी भयो।' किसानले माग गरेको मुल्य उद्योगपतिले नदिएर आन्दोलन थाल्ने किसान नेताले चेतावनी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.