सेयर बजारका समस्या खोजी गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाउँदै

सेयर बजारका समस्या खोजी गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाउँदै

काठमाडौं : सेयर बजार घट्ने र ब्याजदर बढ्ने प्रवृत्तिको खोजी  गर्न बनेको कार्यदलले आफ्नो प्रतिवेदन डा. अर्थमन्त्री युवराज खतिवडालाई बुझाउने भएको छ। समस्या समाधान सहितको उक्त प्रतिवेदन अर्थमन्त्रीलार्इ आइतबार बुझाउने तयारी कार्यदलले गरेको हो।

घट्दो पुँजी बजार र अस्थिर तथा बढ्दो ब्याजका कारण ऋणपत्र समेत बिक्न छाडेपछि सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पुँजी बजारको अध्ययन तथा समस्या समाधानको उपायको खोजी गर्न उच्चस्तरीय कार्यदल बनाएको थियो। प्रतिवेदनमा सेयर बजारलाई दीर्घकालीन रुपमा व्यवस्थित र दिगो बनाउन आवश्यक नीतिगत व्यवस्था तथा ब्याजदर नियन्त्रणका उपायहरू समावेश गरिएको छ।

प्रतिवेदनले कर्जा, निक्षेप तथा कोर पुँजी अनुपात घटाउन र पुर्नकर्जा बढाउन सुझाव समेत दिने कार्यदलका एक सदस्यले बताए। कार्यदलमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.