प्रहरी चाैकी नहुँदा बैंकका शाखा खोल्न ढिलाइ

प्रहरी चाैकी नहुँदा बैंकका शाखा खोल्न ढिलाइ

भोजपुर : भोजपुरमा बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्न अझै सकिएको छैन। स्थानीय तहले भवन अभाव झेलिरहेका बेला पौवादुङ्मा गाउँपालिकाले भने साबिकको आफ्नै पशु कार्यालय (भेटनरी)को भवनमा अस्थायी प्रहरी चौकी स्थापना गरेको छ।

पशुपंक्षीको चेकजाँच, औषधोपचार गर्दै आएको पशु कार्यालय रहेको गाउँपालिकाको केन्द्र च्याङ्ग्रेस्थित दुईतले पक्की भवनको माथिल्लो तलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो। प्रहरी चौकी स्थापनापछि स्थानीय सरकारलाई सुरक्षाको प्रत्याभुति भएको गाउँपालिका अध्यक्ष किरण राई बताउँछन्। गाउँपालिकाभित्रै पर्ने भोजपुर–लेगुवा (नारादमुनि थुलुङ) राजमार्गदेखि केन्द्र टाढा रहेकोले बैंकिङ कारोबार, वित्तीय संस्थाको स्थापनाका लागि सुरक्षालाई विशेष ध्यानमा राख्दै चौकी स्थापना गरिएको अध्यक्ष राईले बताए।

उनले भने, ‘सुरक्षाको हिसाबले संवेदनशील गाउँपालिकाको केन्द्रको विस्तारको क्रममा रहेको बैंक तथा वित्तीय संस्थाको सुरक्षालाई विशेष ध्यानमा राख्दै चौकी स्थापना गरिएको छ।’ गाउँपालिकाको तिवारीभञ्ज्याङ बजारबाहेक केन्द्र च्याङ्ग्रेमा चौकी नभएका कारण कुनै पनि बंैकका शाखा पुग्न सकेका छैनन्। अध्यक्ष राईले चौकीको स्थापनापछि बैंकका शाखा स्थापना गर्न सहज हुने भएको बताए।

भोजपुर नगरपालिकाको भोजपुर सदरमुकाम, हतुवागढी गाउँपालिकाको घोरेटार, षडानन्द नगरपालिकाको दिङ्ला, अरुण गाउँपालिकाको प्याउली, टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण र आमचोकको थिदिङ्खापछि पौवादुङ्मामा उक्त अस्थायी प्रहरी चौकी विस्तार गरिएको हो। यसबाहेक साल्पासिलिछो गाउँपालिकाको चौकीडाँडा र रामप्रसाद राई गाउँपालिकाको बैकुण्ठेमा भौतिक पूर्वाधारको अभावले चौकी स्थापना गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेबेले बताए।

‘अरु स्थानीय तहमा जस्तै यो गाउँपालिकाको केन्द्रमा पनि बैंकका लागि इलाका प्रहरी चौकीमार्फत अन्य दरबन्दीका प्रहरीलाई ल्याएर जेनतेन सुरक्षा व्यवस्था मिलाइएको हो’, उनले भने, ‘यतिबेला पर्याप्त प्रहरी जनशक्ति नभए पनि स्थानीय तहको केन्द्रमा स्थापना गरिएका बैंकको २४ घण्टे सुरक्षाका लागि अन्य इलाका प्रहरी चौकीबाट जेनतेन सुरक्षाकर्मी ल्याएर सुरक्षा व्यवस्था मिलाएका छौं।’ डीएसपी थेबेका अनुसार सुरक्षाका हिसाबले संवेदनशील मानिने ती क्षेत्रमा स्थायी र अस्थायी प्रहरी चौकी स्थापनाको क्रममा छ।

यता प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार अस्थायी प्रहरी चौकी स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएकोे बताइन्। उनले केही दुर्गम स्थानीय तहका केन्द्रमा भौगोलिक बिकटतासँगै सुरक्षाको हिसाबले संवेदनशील रहेकाले अस्थायी नै भए पनि प्रहरी चौकी स्थापना गर्नुपर्ने बताइन्।

हालका लागि गाउँपालिका केन्द्रमा च्याङ्ग्रमा इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट कुलबहादुर रुम्दालीको कमाण्डमा पाँच जनाको प्रहरी टोली खटाइएको छ। जिल्लाको पूर्वी प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको तिवारीभञ्ज्याङ बजारस्थित सुरक्षाका लागि इलाका प्रहरी कार्यालय तिवारीञ्ज्याङमा सईको कमाण्डमा प्रहरी टोली सेवारत छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.