शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

दैलेख : दैलेखको एक गरुकुल विद्यापीठमा शिक्षकले कुटेर विद्यार्थीको खुट्टा भाँचिदिएका छन् । 

दुल्लु नगरपालिका नाभिस्थानमा सञ्चालित पञ्चकोसी विद्या श्रमका शिक्षक खगेन्द्र बजगाईंले १३ बर्से बालक सुरेन्द्र हमाललाई कुटेका हुन् । 

गृहकार्य गर्न नसकेको भन्दै सोमबार शिक्षक बजगाईंले वेदको लौरोले कुटेर सुरेन्द्रलाई घाइते बनाएका थिए । बालकका अभिभावकले घटना थाहा पाउने डरले चोट लाग्दा पनि शिक्षक बजगाईंले उपचारका लागि जान दिएका थिएनन् । 

सुरेन्द्रसँगै पढ्ने नवराज खनालको सहयोगमा विद्या श्रमबाट भाग्न सफल भएपछि यो घटना बाहिर आएको हो । उक्त विद्यापीठमा आवासीय रूपमा पठनपाठन हुँदै आएको छ ।

दुल्लु अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । एक्सरे हेर्दा भाँचिएको आशंका भएपछि नेपालगन्ज रिफर गरिएको दुल्लु अस्पताल प्रमुख पूजा विसीले बताइन् ।

 दुल्लु अस्पतालले भाँचिएको भनी बताए पनि नेपालगन्ज अस्पतालले नभाँचिएको भनेपछि आफूहरू छक्क परेको सुरेन्द्रका काका पूर्णप्रसादले बताए । बालक कुट्ने विद्यापीठका प्रधानाध्यापक बजगाईं र अर्का शिक्षक दीपक पाण्डे बालकको उपचार गराउने भन्दै नेपालगन्ज पुगेपछि घटना रहस्यमय बनेको छ ।

विद्यापीठ व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद उपाध्याय र सदस्यसचिव दुल्लु नगर शिक्षा शाखा स्रोतव्यक्ति शिवराज खड्काले पीडित पक्षलाई आफूहरूविरुद्ध उजुरी नगर्न दबाब दिएका बालकका आफन्तले बताएका छन् । 

सिकाउने नाममा दिनहुँ कुट्ने, अपशब्द बोल्ने तथा शिक्षकको दुव्र्यवहार खप्न नसकेपछि विद्यापीठका ६ जना बालबालिकाले एकैसाथ विद्यालय छाडेका छन् । बालक कुटिएको विषयमा मुद्दा दिन पीडित पक्षलाई विद्यापीठ व्यवस्थापन समितिले रोकेर बालकको उपचारमा सहयोग गरिदिने आश्वासन दिएको बुझिएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले प्रहरीलाई ढिलो खबर आएकाले घटनाको अनुसन्धानमा ढिलाइ भएको बताए । सञ्चालनको दुई वर्ष पुगे विद्यापीठमा गैरदलित मात्र पढ्छन् । दलित बालक पनि पढ्न पाउनुपर्ने दलित अधिकारकर्मीले माग गरे पनि बेवास्ता हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.