अवैध सम्बन्ध थाहा हुने डरले शिशुको जन्मलगत्तै हत्या

अवैध सम्बन्ध थाहा हुने डरले शिशुको जन्मलगत्तै हत्या

दमौली : अवैध सम्बन्धबाट गर्भवती भएपछि थाहा हुने डरले एक महिलाले शिशुलाई जन्म दिएलगत्तै हत्या गरेकी छन्। भानु- ३ दोरदोरकी लक्ष्मी गन्धर्वले गत आइतबार शिशुलाई जन्म दिएलगत्तै हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए।

झाडीमा नवजात शिशुको शव कुहिन लागेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा महिलाले आफ्नै शिशुको हत्या गरेर फालेको खुलेको हो। प्रहरी नियन्त्रणमा रहेकी ३७ वर्षीया लक्ष्मीले परपुरुषसँगको सम्बन्धपछि बच्चा जन्माएकाले डरले मारेर फालेको बयान दिएको प्रहरी उपरीक्षक शाहले बताए।झाडीमा बच्चा जन्माएर फालेको थाहा पाएपछि तुरतुरेबाट खटिएको प्रहरी टोलीले लक्ष्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना बाहिर आएको हो।

बयानका क्रममा लक्ष्मीले दोरदोर चण्डीचोकको झाडीमा नवजात शिशुलाई मारेर फालेको स्वीकार गरेको शाहले बताए । उनको घर र झाडीको दूरी करिब दुई सय मिटर छ। प्रहरीले नाम नखुलाएका ती युवकको खोजी भैरहेको जनाएको छ । 'महिला र पुरुषबीच लामो समयदेखि सम्बन्ध भएको खुलेको छ', शाहले भने। 

प्रहरीले ती पुरुषको खोजी जारी रहेको बताएको छ। महिलालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाले हत्या गरेको स्वीकारे पनि शिशु बालक वा बालिका के हो खुल्न सकेको छैन। 

महिलालाई समेत थाहा नभएकाले पोष्टमार्टमको रिपोर्टपछि मात्र वास्तविकता थाहा हुने शाहले बताए।भानु ३ दोरदोरकी लक्ष्मी गन्धर्वका पति चार वर्षयता रोजगारीका क्रममा कतारमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.